![]() |
| लेविन्द्र गुरुङ्ग |
बुढीगण्डकी हाईड्रोपावरको चर्चाले गोरखा र धादिङ्गका २७ गाविसका ८ हजार परिवार जसरी अन्योलताको पिडाले छटपटीएका छन् त्यसरी नै नेपाल सरकार मातहतका उर्जा मन्त्रालय, नेपाल विद्युत प्रधिकरण, बुढीगण्डकी जलविद्युत आयोजना बिकास समिति र स्थानीय प्रशासनको बीचमा पनि समन्वयको अभावले राष्ट्रिय गौरबको आयोजना कुहिराका कागबनेको आभास दिन्छ । आ.व. ०७२÷०७३ को अन्तिम दिन, असार ३० गते गोरखा जिल्लाका घ्याल्चोक, भुङ्गलिचोक र दर्बुङ्ग गाविसका डुवानमा पर्ने जग्गाहरुको मुअब्जाको दररेट तोकेर वितरण गर्ने हल्ला खुब जोड््तोड्ले चल्यो ।
त्यसको लागि गोरखाबाट मुअब्जा निर्धारण समितिका प्रमुखले दर्वुङ्गसम्म सुटुक्क भ्रमण पनि गरेअरे । संञ्चारको हल्ला हल्लामै सिमित भयो । हालसम्म योजना आयोगबाट पास नभएको, वाताबरण मन्त्रालयबाट वाताबरणीय प्रभाव मुल्यांकनको प्रतिवेदन नै स्वीकृत नभएको र कुन प्रकारको र कति क्षमताको बनाउने, कसले बनाउने भन्ने टुङ्गो नलागेको भन्ने अर्को समाचार आउदा पो हामी अचम्मित भयांै । ताप्केभन्दा विंड अगाडि तातेछ र हामी पनि संगैसंगै तातेका रहेछौं । स्वभाविककै हो, गोरखाको सिडिओलाई मात्र किन हतार ? संगसंगै पिडामा परेका सलाङ्ग–मैदी गाविसका लागि धादिङ्गका सिडिओलाई यो हल्लाले छोएन ।
सन्दर्भ २०७३ असार ५ देखि १५ गतेसम्म जिल्लाका मुअव्जा निर्धारण समितिको टोलीले गरेको स्थलगत सर्भेक्षणको हो । उनीहरु स्थानीयको वीचमा विना सूचना प्रभावित क्षेत्रको भ्रमण गरेर फर्केको थियो । विकासे भाषामा त्यसलाई ल्याण्डक्रुजरको झ्यालबाट गरिने सर्भेक्षण भनिन्छ । तत् पश्चात जग्गाको मूल्यांन ३ देखि ८ लाखसम्म तोकिने भयो, भन्ने सूचनाले बजारहल्ला निकै तरंगित भयो र सामाजिक संजालका फेसबुकपेजहरुमा अझै पनि व्यापकरुपले छाएकै छन् । नेपालको भुबनोट र भूमिसम्बन्धी कानुनको आधारमा नेपालको जमिनलाई अव्वल, दोयम, सिम र चाहार गरी चार भागमा बर्गिकरण गरिएको छ । भूमि उत्पादनको साधन भएकोले उत्पादकत्वको आधारमा मानिसले बर्गिकरण गर्ने हो ।
उत्पदन र मानब बस्तीको आन्तरिकसम्वन्ध त हुन्छ नै तर बस्ती विकास र सहरीकरण वा भौतिक संरचनाको लागि मलिलो माटोभन्दा भुकम्पिय जोखिम कम, पत्थरीलो वा चिम्टयाईलो माटो भएमा अझ राम्रो हुन सक्दछ । त्यसैले अहिले जग्गाको बर्गिकरणमा व्यापकता आएको छ । वि.सं. २०१९ सालमा भूमिसुधार तथा जग्गानापी ऐनले निर्दिष्ट गरेको नेपालको जग्गाको बर्गिकरण आज कति सान्दर्भिक होला ? त्यो आफ्नै ठाउँमा छ, यहाँ उद्दाहरण घ्याल्चोक गाविसका बसेरी गाउँलाई लिन सकिन्छ । यो बस्ती त्यती पुरानो होईन, अस्थायी बसोबास सयौंबर्ष पुरानो भएतापनि त्यहाँ वि.स. २०३४ सालदेखि मात्र स्थायी रुपमा घरबनाई बस्न थालेका हुन् । यो आयोजना बन्ने भएमा यहाँका २५ मध्ये २३ घरपरिवार पूर्णरुपमा विस्थापित हुनेछन् ।
सानोक्षेत्रमा ३५–४० बर्षको अन्तरालमा यतिधेरै बसाई सराई गरी आउनुलाई यहाँको महत्व कस्तोरहेछ भन्ने बुझिन्छ । स्थानीय मंगले सार्कीको सडकमा जोडिएको जग्गा छैन तर उनको ९ जना परिवारलाई खानपुग्ने ७ रोपनी पाखोबारी छ । उनले धादिङ्गको नलांङ्ग गाविसमा १५ बर्ष अगाडि सबै जग्गाजमिन विक्रिगरी १० रोपनी जग्गा किन्न पुग्यो, जुनबेला यहाँ जग्गाजमिनको मूल्य सस्तो थियो । धादिङ्गको नलाँङ्गमा भएको १५ रोपनी जग्गाले दिन नसकेको उत्पादन अहिले यहाँ ३ रोपनी जग्गाले दिईरहेको उनको ठम्याई छ । त्यसैले यहाँको पाखो जग्गा उनकोलागि अव्वल हो । किनभने यो ठाउँको माटो कालो र मलिलो छ, परंपरागत घैया धान, मकैबालि र पशुपालनको लागि घाँसपातलाई कुनै थप मलजल गर्नु पर्दैन । उहाँको भनाईमा मेहनत र थप मलजलले सिजनमा तरकारी उत्पादन गरेर सरदर दैनिक ४÷५ हजार आम्दानी गर्न सकिन्छ ।
बजारको समस्या छैन, हिंडेर बेनिघाट बजार २०–२५ मिनेटमा पुग्न सकिन्छ । गोरखा जिल्लको घ्याल्चोक गाविसमात्र यस्तो गाविस हो जुन बेनिघाटमा मोटर गुड्ने पुल नबन्दा पनि तरकारी काठमाण्डौको कालिमाटी नपुगेको दिन हुँदैन । उत्पादित तरकारीहरु तुरुन्तै विक्रि गर्न सकिन्छ । ती जग्गाहरुको बर्गिकरण र मूल्याँकन कुन आधारमा गरिएको होला ? त्यसैले जग्गाको दररेट कायम गर्दा सुनिएको ३ र ८ लाखको हल्लाले यी गाउँ लगाएत मैदी बेसीका हरियाली फाँट र रातमाटे गाउँहरु आर्कषित हुन आउँछ ।
आयोजनाले जारी गरेको सूचनामा जग्गा प्राप्ती र जग्गा पहिचानको अध्ययनले यसको महत्वलाई सम्वोधन गरेका होलान ? बास्तवमा दुई जिल्लाका कूल २७ गाविसका प्रभावित क्षेत्रमध्ये ९९ प्रतिशत भूमी कृषि प्रयोजनकै लागि उपयोगी रहेको बुझिन्छ । बेनिघाटदेखि आरुघाट–आरखेतसम्म दुबैतर्फ पक्कै पनि जग्गाको प्रकार एउटै छैन, उत्पादकत्व पनि फरक–फरकनै हुने भए तर मूल्यांकनको आधार जग्गाजमिनको अधिकतम उपयोग, जग्गा–जमिनको प्रतिईकाईमा प्रतिपरिवार आश्रित जस्ता विषयलाई कति ख्याल गरेका होलान । वा सुन्दर तथा रमणिय क्षेत्रलाई मात्र उच्च मूल्यांकन गरिएका होलान् ?
मानौं यसक्षेत्रको जमिनको मूल्यांकन सबैभन्दा उच्च नै होला तर ३ र ८ को वीचको अन्तर के हो ? न्यूनतम ७ र अधिक्तम ८ लाख वा संभावना नभए अझ न्यूनतम ५ र अधिक्तम ७ स्वीकार्य होला तर ३ र ८ को अनुपातमा वितरण बैज्ञानिक छ त ? कुन सूत्रको प्रयोगबाट निस्कन्छ त ३ र ८ लाखले समानुपातिक वितरण ? गर्भमै द्धन्दको अंकुर कसरी पलायो ? अहिले स्थानीयको वीचमा कच्ची सडकले छोएको र नछोएको, खेत र पाखो समथर र भिरालो, अव्वल र दोयम, सिम र चाहारकोे विभाजनले द्धन्द बढाउदै लगेको छ । बर्षौबर्ष एउटै गाउँमा मर्दापर्दा जुटेर बसेका छिमेकलाई फाटो पार्न थालिएको छ । एउटै अंशियारका दाजुभाईहरु कोई रातारात करोडपति र कोई रातारात सुकुमवासीको स्तरमा पुग्ने आँकलन भईरहेको छ । यो हल्ला सार्थक भएमा फुटाउ र राजगर भन्ने उक्तिलाई पुष्टि गर्ने देखिएको छ ।
नेपाल सरकारले आ.ब. ०७४÷०७५ भित्र पूर्णरुपमा लोडसेडिङ्ग अन्त्य गर्ने, ०७५÷०७६ सम्ममा बर्षायाममा नेपाल आफ्नै उत्पादनमा आत्मनिर्भर भई हाल आयात भईरहेको विद्युतशक्ति प्रतिस्थापन हुने र आगामी १० बर्षभित्र जलविद्युत उत्पादनलाई निर्यात गर्ने लक्ष्य लिईरहेको अवस्थामा बुढीगण्डकी जलविद्युत आयोजना मेलम्चिकरण भईरहेको देखिन्छ । त्यसो त २०१३ देखि २०७३ सालसम्म ६० बर्ष वा १२ वटा पञ्च बर्षिय योजनाले लक्षित गरेको २,६२५ मेगावाट विद्युत उत्पादनको प्रगति बल्लबल्ल ६२५ मेगावाट पुगेको रहेछ ।
अवको दशबर्ष भित्र ४ हजार मेगावाट जलाशययुक्त र ६ हजार मेगावाट रन अफ द रिभर मोडेलबाट जम्मा १० हजार मेगावाट विद्युत पु¥याउने लक्ष्य रहेको छ । अहिले जुन “उर्जासंकट निवारण तथा विद्युत् विकास दशक” घोषणा हुँदै गर्दा पटक पटक सरकार परिवर्तन, राजनीतिक र प्रशासनिक उल्झन तथा व्यवस्थापकिय ढिलासुस्ती नेपाली विकासको परंपरा बनेर अगाडि झल्कन थालेको छ ।
यो आयोजना सम्पन्न भएमा विगत चार बर्षदेखि अहिलेसम्म सरकारमा सहभागी सबै राजनैतिक दलहरुले जस पाउने छन् । त्यो भन्दा पनि यर्थाथमा मुलुक समृद्धि हुँदै गएपछि सबै नेपाली जनताले सुख पाउने छन् तर यहाँ खण्डखण्ड र टुक्राटुक्रामा राजनीति हुने गर्दछ । नतिजा, कसैले जस पनि पाउँदैनन् र जनताले सुखपाउने कल्पना पनि गर्न सकिंदैन । वि. स. २०६९ सालमा तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नै गृह जिल्लाको भुमिमा राष्ट्रिय गौरवको आयोजना बन्ने भएकोले उच्च प्राथमिक्ताकासाथ काम अगाडि बढाईएको प्रष्ट छ । उनैको पालामा गठित विकास समितिले आजसम्म पनि काम गरिरहेका छन् ।
स्थीर सरकार वा अहिलेसम्म उनकै नेतृत्वमा सरकार भईरहेको भए पक्कै पनि यो आयोजनाले आकार वा स्वरुप ग्रहण गरीसक्थ्यो, सबैले महशुस गर्ने विषय हो । त्यो अतितलाई सम्झेर रोमाञ्चित हुनु भन्दा अरु विकल्प रहेन । त्यसपछि तीनजना उर्जामन्त्रीहरुले पदभार ग्रहण गरे, फेरी गर्नेछन्, सबैले आयोजना स्थलको जंगल, भिर पहरा र बुढीगण्डकी नदीको छेउसम्म पुगेर अवलोकन गरे र गर्ने छन् तर त्यहाँका स्थानीय जनतासंग साक्षातकार गरेनन् । आ–आफ्नो पालामा केही पदहरुमा सानाठूला नियुक्ति पनि गरे, केही आश्वासन बाँडे होलान, त्योभन्दा बढी गर्न सकेको देखिएन । यो आयोजना बनेमा देशका ठूला राजनैतिक दलहरु नेपाली काँग्रसलाई के फाईदा ? उनीहरुसंग स्थानीय जनताको प्रतिक्रिया के छ ?
उनीहरु स्थानीय जनतासंग एकाकार हुन चाहान्छन ? नेपाली कांग्रेसले गत बैशाख २० गते जिल्ला सदरमुकाम गोरखामै सबैपार्टीका प्रतिनिधिसहित विकास समितिका अध्यक्ष डा. लक्ष्मि देवकोटालाई बोलाएर बुढीगण्डकी जलविद्युत आयोजना बनाउन सहयोग गर्न र प्रतिबद्ध हुन आग्रह गरे । सबै पार्टीका प्रतिनिधिहरुले पार्टी कार्यालय भित्रै आयोजना निर्माणको लागि सहयोग गर्ने एउटै शैलीमा प्रतिबद्धता जनाएको समचार पनि आयो । स्थानीयको वीचमा त्यस्तो कार्यक्रम गरिदिएको भए ? जनताले उनीहरुको मन मस्तिस्कमा सजाउँथे, राजनैतिक पार्टी र नेताहरुलाई सम्झन्थे । नेपाली काँग्रेस पार्टीको चरित्र नै जनआधारित (Mass Based) पार्टी भनिन्छ । त्यसैले होला यस्ता मुद्दामा अल्झिरहंदा नफाभन्दा घाटा धेरै देखिसके उनले ।
आश्वासन बांड्ने काम अर्कै पार्टीको सरकारले गरेका थिएभने पुरागर्ने काम पनि उनैकै ठान्दछन् । संविधानसभा पछिको निर्वाचनलाई आधारबनाउदा यो जिल्लाको सबैभन्दा ठूलो राजनीतिक दल एनेकपा माओबादी हो, अहिले माओबादी केन्द्र, नयाँ शक्ति हुँदै थुप्रै समुहमा विभाजित छन् । पार्टी विभाजन नभएको भए पक्कै पनि यो आयोजनालाई हेर्ने दृष्टिकोण बनिसक्थ्यो होला, हिजो सबैतहका संगठनदेखि पार्टी हेडक्वाटरसम्म गाउँबाटै चलेको हुनाले गाउँलेको समस्या र स्थानीय स्तरमा निर्माण हुनलागेको परियोजनाको अपनत्व लिन त्यति गाह्रो मान्दैनथे होलान् तर अहिलेकोे स्थिती त्यस्तो छैन । उनीहरु पनि शहरकेन्द्रित र सत्ताकेन्द्रित हुँदै गएका छन् । जिल्लामा बसेर यस्तो मुद्दा उठाईरहनाले केन्द्रीय राजनीतिमा नाफाभन्दा घाटा हुन सक्दछ । सुकिलामुकिलासंग प्रतिश्पर्धा गर्न सुकिलामुकिला नै हुनपर्ने र खेल जित्न प्यारापिटमा तालि पिटर हुँदैन खेलमैदानमै उत्रनु पर्छ भन्ने सिद्धन्तमा आधारित देखिन्छ ।
अर्को नेपालको दोश्रो ठूलो राजनैतिक पार्टी नेकपा एमालेको गोरखाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सदस्य छैन । कुनैबेला गोरखाबाट एउटै पार्टीका १६ जनाले प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहँदा नेकपा एमालेको उपस्थिति सून्य थियो र अझैपनि स्थिती उस्तै छ । जसै बुढीगण्डकीको किनारामा उनीहरुको स्थानीय प्रतिनिधि (कार्यकर्ता) के कति छन् आँकडा छैनन् होला तर धादिङ्ग तर्फको झिनो आवाज प्रतिध्वनीका रुपमा कहिले काहीं तरंगित हुन्छ, त्यसैले प्रतिनिधित्व मात्र दर्शाईरहेका छन् । उनीहरु यस विषयमा गम्भिर भएर मुद्दा अगाडि बढाई रहेका छैनन् । यस्ता मुद्दाहरु स्थानीयबाट राष्ट्रियस्तरमा पुगिसक्दा पनि समुदायको वीचमा गइएन । राजनैतिक पार्टीले आव्हान गरेको कार्यक्रममा मात्र जनता किन सहभागि हुन पर्ने ? जनताले उठाएको मुद्दामा नेताहरु किन सरिक हुन आउँदैनन् ?
त्यसकारण जनताको वीचमा राजनैतिक पार्टी र नेताहरु प्रिय बन्न सकेनन् । त्यस्तै सबै अस्तित्वमा रहेको पार्टी राप्रपा, राप्रपा नेपाल र गोरखाका स्थानीय बासिन्दा तथा प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले पनि यस विषयमा आवाज उठाएको सुनिएन । त्यसकारण यो आयोजना राजनैतिक दलको भन्दा अमुक दल र विभिन्न निकायको राजनीति गर्ने थलो बन्न थालेको देखिन्छ । जसको निकास (नतिजा) अकल्पनिय मुर्कट्टा भएर जन्मन सक्छ । बुढीगण्डकी प्रभावित जनतालाई सपना, विपना जहिले पनि तर्साईरहन बेर छैन ।
(लेखक घ्याल्चोक गाविसका पूर्व अध्यक्ष हुन।)
![]() |
| नारायण श्रेष्ठ |
- नारायण श्रेष्ठ
माईतीको कुरामा आमा नोष्टाल्जिक बन्ने गर्नुहुन्छ । सायद यो अरु आमा र दिदी बहिनिमा पनि लागु हुँदो हो । साँझ विहान खाना खाजा खाने वेला धादिङ र मावली – द्वारथोकका कुरा बराबर जसो दोहोरिरहन्छ । र जेठान दाइको कुरामा बा पनि दंग पर्नुहुन्छ ।बा-आमाको कुराको प्रसंगमा बारम्बार दोहोरिने मैदीका पर्धानु – मावली गाउँका प्रधानपञ्च बलबहादुर श्रेष्ठलाई मैले धेरैपछिसम्म पनि भेट्न पाएको थिईनं ।
मेरो मानसमा प्रधान मामाुको तस्वीर अग्ला, हठी र हक्की स्वभावको मान्छेको रुपमा मात्रै आईरहन्थ्यो । मलाई लाग्थ्यो प्रधान मामासंग मेरा मावली गाउँमा सबै मामाहरु डराउँछन ।म सानै छंदा, स्कूल जाने उमेरभन्दा पनि पहिले, उनै प्रधान मामाका छोरा – गोपाल श्रेष्ठ, मेरो घरमा आए । लामै समय बस्ने गरि । एस एल सी जाँचको तयारीका लागि ।
गोरखा घ्याल्चोकको मेरो गाउँको मावि स्कुलको पढाई त्यो भेगमा अलि नाम चलेको थियो । गोपाल दाई दिउँसो ट्युसन पढ्न स्कुल जानुहुन्थ्यो । साँझ बिहान घरमै पढ्नुहुन्थ्यो । गोपाल दाईले नै हो मलाई गणितको १,२,३,४..... सिकाउनुभएलको । दाईकै कारण म स्कुल सुरु गर्दा १ देखि सय सम्म गन्न सक्ने भैसकेको थिएं ।
यसरी सुर भयो मावली गाउँ र बलबहादुर मामासंगको संझनाको मेरो यात्रा । मेरो मानसमा प्रधान मामाुको तस्वीर अग्ला, हठी र हक्की स्वभावको मान्छेको रुपमा मात्रै आईरहन्थ्यो । मलाई लाग्थ्यो प्रधान मामासंग मेरा मावली गाउँमा सबै मामाहरु डराउँछन ।म सानै छंदा, स्कूल जाने उमेरभन्दा पनि पहिले, उनै प्रधान मामाका छोरा – गोपाल श्रेष्ठ, मेरो घरमा आए । लामै समय बस्ने गरि । एस एल सी जाँचको तयारीका लागि ।
गोरखा घ्याल्चोकको मेरो गाउँको मावि स्कुलको पढाई त्यो भेगमा अलि नाम चलेको थियो । गोपाल दाई दिउँसो ट्युसन पढ्न स्कुल जानुहुन्थ्यो । साँझ बिहान घरमै पढ्नुहुन्थ्यो । गोपाल दाईले नै हो मलाई गणितको १,२,३,४..... सिकाउनुभएलको । दाईकै कारण म स्कुल सुरु गर्दा १ देखि सय सम्म गन्न सक्ने भैसकेको थिएं ।
*** *** ***
मामाको घरु बाल उमेरमा हरेकका लागि रहर लाग्दो र तिलस्मी भएर आउँछ । म संझन्छु दशैं आउन लाग्दा मामाको घर जाने कुराले मलाई हप्तौं अघिदेखि रोमाञ्चित बनाईरहेको हुन्थ्यो । गोराखाको घ्याल्चोकबाट ६ घण्टाभन्दा बढी लगातार हिंडेपछि पुगिन्छ मेरो मावली धादिङको मैदी । अहिले कच्ची बाटोमै भएपनि मोटर गुड्छ त्यो ठाउँमा । तर त्यसबेला बुढी गण्डकीको किनारमा एकनासको नदिको सुसाई सुन्दै हिंड्नु पट्यारलग्दो हुन्थ्यो । मावली गाउँ पुगेपछि भेटिने आजु अजि र मामाको मायाको संझनाले त्यो थकाई कता कता अलप भएर जान्थ्यो ।दशैं आउनु पहिले नै सानोदाईसं मावली जाने योजना बनाउँथें म ।
मेरो सानो दाई, जसको संझना मात्र छन हामीसंग अहिले, र म दशैंको टिकाको भोलिपल्ट बाटो लाग्थें उनकै पछि लागेर । सिउरिनटारबाट बुढीगण्डकीको किनार लागेपछि कानमा जमरा लगाएका दोहोरीलत्तै बटुवाले हामीलाई बाटो कटाउन झन उत्साह थपिरहेका हुन्थे । ती यात्रिहरुको कानको जमारा घामको रापमा ओईलाईसकेको हुन्थ्यो । तर निधारको रातो टिका चैं चम्किलो देखिन्थ्यो ।नदि किनारको बाटो कहिले उकालो लाग्थ्यो । कहिले ओरालो । रुखका फेद र गेग्र्यान बाटोबाट हिंडदा सानो उमेरका हामी डराउँथ्यौ पनि । दर्वुङ फाँट पुग्दा प्राय अपरान्ह ढल्किसकेको हुन्थ्यो । गोरखा र धादिङ जील्लाको त्यस भेगकै चलेको बजार थियो त्यससबेला । अहिले फेरी वुढि गण्डकी परियोजनाको नाममा त्यो भेगमा अर्को चहलपल थपिएको छ । दर्बुङ फाँटमा मथुरा तता र जम्दार भिनाजुको घर थकाई बिसाउने चौतारी थिए हाम्रा ।
चिउरा र मासु त खाजा भैहाल्यो । कहिले काहिं दाँतमा मासु अड्केर हैरान पनि हुन्थें । अलि बुझ्ने भएपछि जम्दार भिनाजुको लेवनन र शान्ति सेनाको गफ सुन्न जहिले म आतुर हुन्थें। भिनाजु दुई पटकसम्म शान्ति सेनामा जानुभएको थियो । अहिले संझना भएसम्म त्यसबेला उहाँले सुनाउने ती ठाउँहरु लेवनन, ईज्रायल र प्यालेस्टाईन हुनु पर्छ । नुनै नुनको समुद्रको कहानी सुनाउनुभएको पनि याद छ । अहिले अनुमान लाउछु त्यो पक्कै ‘डेड सि’ हुनुपर्छ । बिदेशको गफमा मेरो चाख अलि वेसी नै थियो । भिनाजु पनि आफ्नो कुरा सुन्ने केटोलाई सायद मन पराउनुहुन्थ्यो ।दर्बुङ फाँटबाट बुढि गण्डकी नदी तरेपछि खुर्सानेको उकालो सुरु हुन्छ ।
सालका बडेमानका रुख, घना जंगल, संधै हामीलाई डर लागाउनेगरि उभिएका हुन्थे । त्यसै माथि त्यो जंगलमा भएका चोरी, मान्छे काटिएका भनेर अरु डरलाग्ने कुरा कैलेकाहीं आमा सुनाउनुहुन्थ्यो । जंगलको बिचतिर सालको पात सरसरायो भने हामी रुखजस्तै अचल हुन्थ्यौं । ठीङग उभिन्थौं । अनि डरले पातजस्तै लगलगाउँथ्यौं । थाहा छैन त्यो जंगको रुखहरु अहिले पनि उभिईरहेका होलान या तस्करको आँखामा परिसके,जब उकालोको केही भाग हामी हिंड्थ्यौं, सानो कुवाको चीसो पानीले मुख भिजाएर फेरी बाटो लाग्थ्यौं । असोज मास, भलायको फल रातै हुनेगरि फलेका हुन्थे । फलको रातो भाग खान्थ्यौं । कालो भाग फाल्थ्यौं । त्यसपछि मुख चिलाउँथ्यो । तर केटाकेटी उमेरमा त्यो बेग्लै मजाको काम हुन्थ्यो ।
त्यसमै हामी रमाउँथ्यौं ।ठुलोचौर मुनि पुग्दा सुर्का सुर्की खेतमा धानका पहेंला बाला लहलहाएका हुन्थे । तरेली परेको खेतमा पहेंला धानका बाला हेर्दै तर्पायाँ परेको बाटोमा हिंड्नुको मजा मैले यो जुनीमै कही पाउन्न होला १ त्यो यस्तो तस्वीर हुन्थ्यो जो मेरो मनमा अझै गडेको छ । त्यही झल्कोले होला बन्दीपुरबाट सरद यामको सुरुका दिनहरुमा मर्स्याङदी नदिको जलाधारमा देखिने गुमुक्क परेका पहाड, खेतको तरेली अनि विशाल क्षेत्रफललाई ओगट्ने परको हिमाल हेरेर म कहिल्यै अघाउन्न । जति हेर्छु उती मनमोहक लाग्छन । अझै हेर्छु, आँखा रसाउँछन खुसीले तर मन भरिन्न ।
मेरो सानो दाई, जसको संझना मात्र छन हामीसंग अहिले, र म दशैंको टिकाको भोलिपल्ट बाटो लाग्थें उनकै पछि लागेर । सिउरिनटारबाट बुढीगण्डकीको किनार लागेपछि कानमा जमरा लगाएका दोहोरीलत्तै बटुवाले हामीलाई बाटो कटाउन झन उत्साह थपिरहेका हुन्थे । ती यात्रिहरुको कानको जमारा घामको रापमा ओईलाईसकेको हुन्थ्यो । तर निधारको रातो टिका चैं चम्किलो देखिन्थ्यो ।नदि किनारको बाटो कहिले उकालो लाग्थ्यो । कहिले ओरालो । रुखका फेद र गेग्र्यान बाटोबाट हिंडदा सानो उमेरका हामी डराउँथ्यौ पनि । दर्वुङ फाँट पुग्दा प्राय अपरान्ह ढल्किसकेको हुन्थ्यो । गोरखा र धादिङ जील्लाको त्यस भेगकै चलेको बजार थियो त्यससबेला । अहिले फेरी वुढि गण्डकी परियोजनाको नाममा त्यो भेगमा अर्को चहलपल थपिएको छ । दर्बुङ फाँटमा मथुरा तता र जम्दार भिनाजुको घर थकाई बिसाउने चौतारी थिए हाम्रा ।
चिउरा र मासु त खाजा भैहाल्यो । कहिले काहिं दाँतमा मासु अड्केर हैरान पनि हुन्थें । अलि बुझ्ने भएपछि जम्दार भिनाजुको लेवनन र शान्ति सेनाको गफ सुन्न जहिले म आतुर हुन्थें। भिनाजु दुई पटकसम्म शान्ति सेनामा जानुभएको थियो । अहिले संझना भएसम्म त्यसबेला उहाँले सुनाउने ती ठाउँहरु लेवनन, ईज्रायल र प्यालेस्टाईन हुनु पर्छ । नुनै नुनको समुद्रको कहानी सुनाउनुभएको पनि याद छ । अहिले अनुमान लाउछु त्यो पक्कै ‘डेड सि’ हुनुपर्छ । बिदेशको गफमा मेरो चाख अलि वेसी नै थियो । भिनाजु पनि आफ्नो कुरा सुन्ने केटोलाई सायद मन पराउनुहुन्थ्यो ।दर्बुङ फाँटबाट बुढि गण्डकी नदी तरेपछि खुर्सानेको उकालो सुरु हुन्छ ।
सालका बडेमानका रुख, घना जंगल, संधै हामीलाई डर लागाउनेगरि उभिएका हुन्थे । त्यसै माथि त्यो जंगलमा भएका चोरी, मान्छे काटिएका भनेर अरु डरलाग्ने कुरा कैलेकाहीं आमा सुनाउनुहुन्थ्यो । जंगलको बिचतिर सालको पात सरसरायो भने हामी रुखजस्तै अचल हुन्थ्यौं । ठीङग उभिन्थौं । अनि डरले पातजस्तै लगलगाउँथ्यौं । थाहा छैन त्यो जंगको रुखहरु अहिले पनि उभिईरहेका होलान या तस्करको आँखामा परिसके,जब उकालोको केही भाग हामी हिंड्थ्यौं, सानो कुवाको चीसो पानीले मुख भिजाएर फेरी बाटो लाग्थ्यौं । असोज मास, भलायको फल रातै हुनेगरि फलेका हुन्थे । फलको रातो भाग खान्थ्यौं । कालो भाग फाल्थ्यौं । त्यसपछि मुख चिलाउँथ्यो । तर केटाकेटी उमेरमा त्यो बेग्लै मजाको काम हुन्थ्यो ।
त्यसमै हामी रमाउँथ्यौं ।ठुलोचौर मुनि पुग्दा सुर्का सुर्की खेतमा धानका पहेंला बाला लहलहाएका हुन्थे । तरेली परेको खेतमा पहेंला धानका बाला हेर्दै तर्पायाँ परेको बाटोमा हिंड्नुको मजा मैले यो जुनीमै कही पाउन्न होला १ त्यो यस्तो तस्वीर हुन्थ्यो जो मेरो मनमा अझै गडेको छ । त्यही झल्कोले होला बन्दीपुरबाट सरद यामको सुरुका दिनहरुमा मर्स्याङदी नदिको जलाधारमा देखिने गुमुक्क परेका पहाड, खेतको तरेली अनि विशाल क्षेत्रफललाई ओगट्ने परको हिमाल हेरेर म कहिल्यै अघाउन्न । जति हेर्छु उती मनमोहक लाग्छन । अझै हेर्छु, आँखा रसाउँछन खुसीले तर मन भरिन्न ।
जब ठुलोचौर पुगिन्थ्यो, मावली गाउँ पुगियो जस्तो लाग्थ्यो ।द्वरथोकको मावली गाउँमा मामा, मावली खलक कतिलाई भेटें । तर प्रधान मामालाई भेटेको मलाई संझना भएन । गोपाल दाईलाई कतिचोटी भेटें, कतिचोटी भेट्न सकिन ।मैदिको लेसाईलो माटो, ओसमा घिस्रिएर हिंड्ने चिप्ले किरा, पहेंलपुर सुन्तलाका बोट र बेलौती – मेरो संझनामा संधै आईरहन्छन । घ्याल्चोक टारको गर्मीबाट ११ सय मिटरको उचाईमा रहेको मैदी पुग्दा लेकमा पुगे जस्तो लाग्थ्यो मलाई ।
कोदोबारीको डिलबाट देखिने ुमानापाथिु हिमालको छाप अहिले पनि प्रष्ट मसंग । दशैंको जुनेली रातमा कौसिबाट देखिने सेतो हिमालको तरेली देखेर म कति रोमाञ्चित हुन्थें । कटुसको पात, खोल्साको पानी गाग्रीमा बोक्दै हिंडेका दिदिहरु, गुजुमुज्ज घर । मावली पुग्ने वित्तिकै आजु बतासे लैजाहुनुहुन्थ्यो हामीलाई र विस्कुट किनिदिनुहुन्थ्यो । यसरी उनिएर बसे मावली गाउँको मेरो संझना ।
*** *** *** कोदोबारीको डिलबाट देखिने ुमानापाथिु हिमालको छाप अहिले पनि प्रष्ट मसंग । दशैंको जुनेली रातमा कौसिबाट देखिने सेतो हिमालको तरेली देखेर म कति रोमाञ्चित हुन्थें । कटुसको पात, खोल्साको पानी गाग्रीमा बोक्दै हिंडेका दिदिहरु, गुजुमुज्ज घर । मावली पुग्ने वित्तिकै आजु बतासे लैजाहुनुहुन्थ्यो हामीलाई र विस्कुट किनिदिनुहुन्थ्यो । यसरी उनिएर बसे मावली गाउँको मेरो संझना ।
धेरै पछि मेरो आफ्नै भाञ्जाको ब्रतबन्धमा म फेरि मावली गाउँ पुगें २०६९ सालमा । संझनामा अहिले पनि उस्तै थियो मेरो मावली गाउँ । तर यतिबेलासम्म त्यो गाउँमा मोटर पुगिसकेको थियो । कुवाको पानी अपलिफ्ट गरेर माथि गाउँ उचालिएको थियो । संधै विस्कुट किनिदिने आजु हुनुहुन्थेन । र यो समयमा मैले भेटें प्रधान मामालाई । उहाँ विरामी हुनुहुन्छ भन्ने त सुनेको थिएं ।
आँगनमा घाम ताप्दै हुनुहुन्थ्यो । नजिकै लौरो थियो । सायद साहारा बिना हिंड्न सक्नुहुन्थेन । त्यती धेरै सुनेको थिएं मामाको बारेमा । केही कुरा गर्न चाहें तर उहाँ बोल्न सक्नुभएन । आँखा रसाए । मलाई भावुक बनायो परिस्थितिले । म पनि धेरै बोल्न सकिन । आत्मबल दरिलो बनाउन भनें र निस्किएं ।त्यसको करिव महिनादिन पछि प्रधान मामालाई बाँसबारीको न्युरो अस्पतालमा राखिएको थाहा पाएं । साँझ पुगें न्यूरो अस्पताल । आईसियुमा हुनुहुन्थ्यो । भेट्न पाईन । हप्तादिन जति पछि बलबहादुर सामरीजीको फोन आयो – मामा रहनुभएन ।र मामासंग गफ गर्ने मेरो धोको पनि अधुरै रह्यो ।
आँगनमा घाम ताप्दै हुनुहुन्थ्यो । नजिकै लौरो थियो । सायद साहारा बिना हिंड्न सक्नुहुन्थेन । त्यती धेरै सुनेको थिएं मामाको बारेमा । केही कुरा गर्न चाहें तर उहाँ बोल्न सक्नुभएन । आँखा रसाए । मलाई भावुक बनायो परिस्थितिले । म पनि धेरै बोल्न सकिन । आत्मबल दरिलो बनाउन भनें र निस्किएं ।त्यसको करिव महिनादिन पछि प्रधान मामालाई बाँसबारीको न्युरो अस्पतालमा राखिएको थाहा पाएं । साँझ पुगें न्यूरो अस्पताल । आईसियुमा हुनुहुन्थ्यो । भेट्न पाईन । हप्तादिन जति पछि बलबहादुर सामरीजीको फोन आयो – मामा रहनुभएन ।र मामासंग गफ गर्ने मेरो धोको पनि अधुरै रह्यो ।
*** *** ***
सामान्यतयाः ट्याबलेट भन्नासाथ स्मार्टफोन र ल्यापटवीचको साइजयुक्त ग्याजेट भनेर बुझिन्छ । यी ट्याबलेट ८ इन्चदेखि १२ इन्च साइजसम्म हुन्छन् । तर, माइक्रोसफ्ट कम्पनीले १०-१२ इन्च हैन पुरै ८४ इन्चको स्क्रिन भएको ट्याबलेट निर्माण गरेको छ जुन अहिलेसम्मकै ठूलो हो ।
आफ्नो नयाँ अपरेटिङ सिस्टम विन्डोज १० को सार्वजनिकीकरण समारोहमा माइक्रोसफ्टले ८४ इन्चको टचस्क्रिन स्क्रिनवाला फोर के डिस्प्ले भएको सर्फै हब नामक ट्याबलेट सार्वजनिक गरेको हो । यो ट्याबलेट माइक्रोसफ्टको नयाँ अपरेटिङ सिस्टम विन्डोज १० बाट चल्नेछ ।
माइक्रोसफ्टको यो भिमकाय ट्याबलेटमा मल्टी टच तथा मल्टी पेन सपोर्ट हुनुका साथै डुअल क्यामरा र अत्याधुनिक सेन्सर समेत रहेको छ । यो नयाँ ट्याबलेटलाई भित्तामा स्थापित गरि विभिन्न समारोह, मिटिङ हरुमा दृश्य साधनको रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।
८४ इन्चको सर्भेस हब सार्वजनिक समारोहमा माइक्रोसफ्टले यो ट्याबलेटको स्क्रिनमा त्यसको पेनको सहायताले विभिन्न चित्र तथा नोटहरु तयार गरिएको र त्यसलाई स्काइपी कन्फेरेन्स कलमा आबद्ध सबै मानिसको बीचमा शेयर गरिएको देखाइएको थियो । त्यसक्रममा विन्डोज १० अपरेटिङ सिस्टममा भएका ठूलो स्क्रिनवाला ट्याबलेटकै लागि तयार पारिएका विभिन्न एपहरु समेत देखाइएको थियो । आफ्नो नयाँ अपरेटिङ सिस्टम विन्डोज १० को सार्वजनिकीकरण समारोहमा माइक्रोसफ्टले ८४ इन्चको टचस्क्रिन स्क्रिनवाला फोर के डिस्प्ले भएको सर्फै हब नामक ट्याबलेट सार्वजनिक गरेको हो । यो ट्याबलेट माइक्रोसफ्टको नयाँ अपरेटिङ सिस्टम विन्डोज १० बाट चल्नेछ ।
माइक्रोसफ्टको यो भिमकाय ट्याबलेटमा मल्टी टच तथा मल्टी पेन सपोर्ट हुनुका साथै डुअल क्यामरा र अत्याधुनिक सेन्सर समेत रहेको छ । यो नयाँ ट्याबलेटलाई भित्तामा स्थापित गरि विभिन्न समारोह, मिटिङ हरुमा दृश्य साधनको रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।
यो ट्याबलेटलाई डिजिटल ह्वाइट बोर्डको रुपमा प्रयोग गर्न सकिनुका साथै रिमोट कन्फ्रेन्सिङ सम्भव तुल्याउने छ । एकैपटक धेरै मानिसले आफ्नो ल्यापटप, ट्याब्लेट अर्थात् स्मार्टफोनबाट यसको स्त्रिmनमा भएका सामाग्रीहरु काटछाँट गर्न सक्छन् ।
माइक्रोसफ्टले यो ग्याजेटको मूल्य तत्काल तोकेको छैन । यद्यपि यो ट्याब्लेट व्यवसायिक प्रयोजनका ग्राहकहरुलाई लक्षित भएकाले केही महंगो हुने अनुमान गरिएको छ । माइक्रोसफ्टका अनुसार केही सानो आकारको ट्याब्लेट मन पराउनेहरुका लागि ५५ इन्चको ट्याबलेट समेत उपलब्ध हुनेछ ।- एजेन्सीको सहयोगमा
आफ्नो निजी इमेल खाता, फेसबुक र ट्वीटरजस्ता सामाजिक संजालमा राखिने थरिथरिका पासवर्ड सम्भिmन दिक्क मानिरहनुभएको छ भने अब खुसीको खवर छ ।
अब कुनै पनि साइट खोल्दा तपाईले पासवर्ड सम्भिइरहन पर्दैन केवल अनुहार देखाए पुग्छ । अनुहार चिनेपछि इमेल, सामाजिक संजाल वा इन्टरनेट बैंकिङका सुरक्षित खाता आफै खुल्छन् ।
शारीरिक चिन्ह वा आँखाले व्यक्तिको पहिचान गर्ने बायोमेटि्रक प्रक्रियामा अब एक नयाँ आयाम थपिएको छ । अहिलेसम्म फेस डिटेक्शन प्रविधिले आइफोन वा एन्ड्रोइड अनलक गर्न सकिन्थ्यो ।
तर, अब यस्यो नयाँ एप ‘ट्रु की’ विकाश भएको छ, जसले पासवर्ड प्राटेक्टेड मल्टिपल वेबसाइट जस्तो इमेल, नेट बैंकिङ अकाउन्ट आदिमा पासवर्ड नराखी फेस डिटेक्शन प्रविधि अपनाउन सकिन्छ ।
यो ‘ट्रु की’ कम्प्युटरको क्यामेराको सहयोगले फोटो क्लिक गरेर स्टोर गर्छ, ताकि भविष्यमा यसको प्रयोग गर्न सकियोस् । जब तपाईले आफ्नो पासवर्ड प्रोटेक्टेड वेबसाइट खोल्न चाहनुहुन्छ, यो एपले तपाईको अनुहार स्क्यान गर्छ र आफ्नो रेकर्डसँग मिलाएर हेर्छ । अनुहार मिले साइट खुल्छ, पासवर्ड चाहिँदैन ।
यो प्रविधि ति सबै डिभाइसमा काम गर्छ, जसमा क्यामेरा जडान गरिएको छ । जस्तो कम्प्युटर ट्याबलेट र स्मार्टफोनको पनि पासवर्ड परिर्वतन गर्न सकिन्छ । ‘ट्रु की’ फेब्रुअरीबाट वेबसाइटमा उपलब्ध हुनेछ ।
‘ट्रु की’ सर्भिसलाई कम्प्युटर चिपमेकर इन्टेलले विकाश गरेको हो । यो प्रबिधि हालै अमेरिकामा सम्पन्न कन्जुमर इलेक्ट्रोनिक प्रर्दशनीमा सार्वजनिक गरिएको थियो ।
‘हाम्रो लक्ष्य भनेको पासवर्डलाई निर्मुल गर्नु नै हो’ इन्टेल सेक्युरिटीका उपाध्यक्ष मार्क हकिङले भने । पछिल्ला बर्षमा कमजोर पासवर्डका कारण हजारौं इमेल तथा सामाजिक संजालका खाता ह्याक भएका खवर आइरहेका बेला यस्तो बिकाशले पासवर्ड चोरीको समस्या समाधान भई इन्टरनेट सेक्युरिटी मजबुद हुने उनले बताए ।
कल्पना गर्नुस् त, यस्तो स्मार्टफोन होस् जसलाई बच्चाले खेलौना जोडेजस्तो टुक्राटुक्रा जोडेर चलाउन सकियोस् ।
आजकल सूचना प्रबिधिको गति यति तिब्र छ कि तपाईले कहिलेकाहीँ कल्पनासमेत गर्न नसक्ने चिजको आबिस्कार भइसकेको हुन्छ ।
गुगलले यो वर्ष नयाँ फोन बजारमा ल्याउने योजना बनाएको छ, जुन फोनलाई टुक्रा-टुक्रा पारेर बोक्न सकिनेछ । आवश्यक पर्दा यसको कुनै एक भाग मात्र फेर्न सकिन्छ ।
यो प्यूर्टो रिकोमा पहिलो पटक परिक्षणका रुपमा बजारमा पठाइनेछ । बजारको मागअनुसार अन्यत्र पनि पठाउन सकिनेछ ।
आफ्नो फोनलाई रुची अनुसार प्रयोग गर्न चाहनेहरुका लागि उपयुक्त हुने कम्पनीको दावी छ ।
google phone 2 यो फोनबारे घोषणा गरिएको भिडियो ‘प्रोजेक्ट एरा’मा गुगलले भनेको छ- यसको उद्देश्य जोसँग अहिले पनि स्मार्टफोन छैन, उनीहरुमाझ यो फोन लोकप्रिय बनाउन हो ।’
यो फोनको क्यामेरा, स्पीकर, व्याट्री, डिस्प्ले, एप्लिकेशन प्रोसेसर, वायरलेस कनेक्टिभिटी, ब्लड सुगर मोनिटर, जेलर प्वाइन्टर चुम्बकले जोडिएको हुन्छ र आवश्यक परेको बेला फेर्न सकिनेछ । तर, यो स्मार्टफोन शौखिन मानिसहरुका बीचमा पनि लोकप्रिय हुनसक्छ वा आम मानिसमा भन्ने प्रश्न रहेको गार्टनर कन्सल्टेन्सीका विशेषज्ञ जोन इरेन्सनले बताए ।
प्रोजेक्ट एराका निर्देशकका अनुसार यो फोनमा थ्री जी मोडेम हुनेछ र यो एन्टेनाको सहयोगमा पनि चल्नेछ ।
फेसबुक म्यासेन्जरमा च्याट गर्दा अब तपाईंले टाइप गर्नुपर्दैन । बोलेको कुरा आफैं टाइप हुन्छ र तपाईंले सम्बाद गरिरहेका साथीकहाँ पुग्छ । सुन्दै अनौठो लाग्ने यो फिचर प्रयोग गर्न अब प्रयोगकर्ताले धेरै कुर्नुपर्ने छैन् ।
फेसबुकले हालै ‘भ्वाइस टु टेक्स्ट’ प्रबिधिको बिकाश गरेको घोषणा गरेको छ । परिक्षणका लागि छिटै रुपमा सानो समूहलाई यस्तो सुबिधामा पुहँच दिने फेसबुकले जनाएको छ ।
यसअघि फेसबुक म्यासेन्जरले च्याटमा भ्वाइस क्लिप पठाउने सुबिधा सुरु गरेको थियो जुन ह्वाट्सएप, स्न्यापच्याट, भाइवर लगायत मुख्य म्यासेजिङ एपले पनि दिन्छन् ।
face chat
तर, फेसबुक एक कदम अगाडी बढ्दै बोलेको कुरा आफै टाइप हुने प्रबिधिको बिकाश गरेको छ । प्रयोगकर्ताले टाइप गर्न नसक्ने अबस्थामा यो फिचर निकै उपयोगी हुने फेसबुकका कर्मचारी डेभिड मार्कस बताउँछन् । यदि कुनै साथीले भ्वाइस क्लिप पठाएको छ भने तत्कालै त्यसलाई टेक्स्टमा कन्र्भट गरी सुन्न सकिने छ ।
यो सुबिधा फेसबुकको डेस्कटप वा मोबाइल भर्सनमा भने उपलब्ध हुने छैन् । त्यसका लागि प्रयोगकर्ताले फेसबुक म्यासेन्जर एप डाउनलोड गर्नुपर्ने छ ।
फोटो सेयरिङ साइट इन्स्टाग्रामले प्रतिस्पर्धी माइक्रो ब्लगिङ साइट ट्वीटरलाई जितेको छ । फेसबुक स्वामित्वमा रहेको इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ता ३० करोड पुगेको जनाएको छ । जब कि ट्वीटरका प्रयोगकर्ता २८ करोडमात्र छन् ।
INSTAGRAM इन्स्टाग्राम सुरु भएको ४ बर्षको अबधिमा उसले २० करोड प्रयोगकर्ता पुर्याएको थियो । गत मार्च यता मात्र इन्स्टाग्रामले १० करोड प्रयोगकर्ता थपेको छ । इन्स्टाग्रामको यो प्रगति आफैमा आश्चर्यजनक छ ।
इन्स्टाग्रामलाई सन् २०१२ अप्रिलमा फेसबुकले खरिद गरेको थियो । फोटो सेयरिङका लागि लोकप्रिय इस्टाग्रामले अब ट्वीटर र फेसबुकले जस्तै भेरिफाइड एकाउन्ट सेवा सुरु गर्दै छ ।
तत्कालका लागि सेलिब्रीटी, खेलाडी र चर्चित अनुहारका लागि यो सेवा सुरु हुने छ । भेरिफाइड अकाउन्ट लन्च गरेसँग नक्कली एकाउन्ट डिलिट गर्ने अभियानलाई तिब्रता दिने इन्स्टाग्रामले जनाएको छ ।
संयोग कस्तो परेको छ भने यो एक बर्षको अबधिमा ट्वीटरको सेयर मूल्य ४१ प्रतिशतले घटेको छ भने इस्टाग्रामको मातृ कम्पनी फेसबुकको सेयर मूल्य ४२ प्रतिशतले बढेको छ ।
प्रदिप मित्तलको निर्माणमा तयार भएको चलचित्र ‘लोग्ने मान्छे’को ‘तिमी भरी पोखिएछु’ बोलको गीत सार्वजनिक भएको छ ।
माघ २३ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रका मुख्य २ कलाकार दीलिप रायमाझी र नन्दिता केसीलाई गीतमा फिचरिङ गरिएको छ ।
लय संग्रौलाले पहिलो पटक निर्देशन गरेको यो चलचित्रले श्रीमान श्रीमतीको कथा बोलेको छ । स्वरुपराज आचार्यको स्वर, लय संग्रौलाको शब्द र चेतन सापकोटाको संगीत रहेको गीतले यूवकको यूवतीप्रतिको मनको चाहना व्यक्त गरेको छ ।
चलचित्रमा कविराज गहतराजको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, बनिश शाहको सम्पादन छ ।









