गोरखा,६कात्तिक । नयां शक्ति पार्टी नेपालका संयोजक डा.बावुराम भट्टराइले असनका सांढे झै लोकमानसिंह कार्की विरुद्ध महाअभियोग स्वभाविक भएको बताउंनुभएको छ ।
पार्टी कामको शिलशिलामा गृह जिल्ला गोरखा आउनुभएका डा.भट्टराईले शनिवार छेवेटारमा आयोजित पत्रकार भेटघाटमा अदालत र संसदीय सुनुवाई समिति लाई नटेर्ने लोकमानसिंह कार्की विरुद्ध सार्वभौम संसदले छानविन गरेर आवश्यक कारवाही गर्नुपर्ने बताउंनुभयो । अख्तियार जस्ता संस्थामा आयुक्त नियुक्त गर्दा दलगत भागवण्डामा नभई संसदले नै लोकपालका रुपमा नियुक्त गर्नुपर्ने समेत पूर्व प्रधानमन्त्री एवं नयां शक्ति पार्टी नेपालका संयोजक डा.बावुराम भट्टराईको भनाई छ ।
गोरखा, २१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपाली संघ (एनआरएन)को लगानीमा गोरखाको लाप्राकमा निर्माण हुने एकीकृत नमुना वस्तीको शिलान्यास गर्नुभएको छ ।
हेलिकोप्टरबाट लाप्राक पुग्नुभएका प्रधानमन्त्री दाहालले नमुना वस्तीको शिलान्यास गर्दै गैरआवासीय नेपाली संघको सहयोगमा लाप्राकको नमुना बस्ती निर्माणले देश लाई नै नयां सन्देश समेत दिने बताउंनुभयो । भूकम्पले गाउं नै जोखिममा परे पछि बस्ती सरेर लाप्राक गाविसको गुप्सीपाखामा बस्दै आएको भूकम्पपीडितका लागि एनआरएनले ६ सय घर बनाइदिने भएको हो । अहिले बस्दै आएको गुप्सीपाखामा ४ सय ४४ घर बन्ने र बाँकी एकसय ५० घरका लागि नयां ठाउँ खोज्नुपर्ने अवस्था रहेको स्थानीयको भनाई छ । प्रधानमन्त्री संगै कार्यक्रममा नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीले , एनआरनका अध्यक्ष शेष घले सहित एनआरएन पदाधिकारीहरुको पनि सहभागीता रहेको थियो ।
काठमाडौ, ९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आजैका मितिदेखि लागू हुने गरी लिखित राजीनामा दिनुभएकाले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने जनाउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा २९८ को उपधारा ८ को खण्ड ९क० बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनुभएपछि सोही धाराको उपधारा १० बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा राष्ट्रपतिले बर्तमान मन्त्रिपरिषदद्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति प्रधानमन्त्री एवम् मन्त्रिपरिषदका सदस्यहरुलाई धन्यवादसमेत व्यक्त गर्नुभएको राससले जनाएको छ ।
काठमाडौं ,२९ असार । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन तीन घण्टे अल्टिमेटम दिएको छ ।सभामुख ओनसरी घर्तीको आग्रहमा बसेको प्रमुख सचेतकहरुको बैठकमा कांग्रेस र माओवादीका नेताहरुले सरकार अल्पमतमा परेको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाएका थिए ।
तर, एमाले प्रमुख सचेतक भानुभक्त ढकालले प्रधानमन्त्रीले राजीनामा नदिने जवाफ दिए । लगत्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीलाई राजीनामा दिन तीन घण्टा समय दिने बताए । तीन बजेसम्म राजीनामा नदिए सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने उनले बताए ।सरकारको समर्थन फिर्ता लिएको माओवादीले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको छ । राजीनामा नदिए बजेट पारित गर्न नदिने माओवादीले चेतावनी दिएको छ ।माओवादीले मंगलबार सरकारलाई दिएको सर्मथन फिर्ता लिएको थियो । बुधबार माओवादी मन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएको समाचार अनलाईन खबरले लेखेको छ ।
काठमाडौं ,२९ असार । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन तीन घण्टे अल्टिमेटम दिएको छ ।सभामुख ओनसरी घर्तीको आग्रहमा बसेको प्रमुख सचेतकहरुको बैठकमा कांग्रेस र माओवादीका नेताहरुले सरकार अल्पमतमा परेको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाएका थिए ।
तर, एमाले प्रमुख सचेतक भानुभक्त ढकालले प्रधानमन्त्रीले राजीनामा नदिने जवाफ दिए । लगत्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीलाई राजीनामा दिन तीन घण्टा समय दिने बताए । तीन बजेसम्म राजीनामा नदिए सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने उनले बताए ।सरकारको समर्थन फिर्ता लिएको माओवादीले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको छ । राजीनामा नदिए बजेट पारित गर्न नदिने माओवादीले चेतावनी दिएको छ ।माओवादीले मंगलबार सरकारलाई दिएको सर्मथन फिर्ता लिएको थियो । बुधबार माओवादी मन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएको समाचार अनलाईन खबरले लेखेको छ ।
काठमाडौं ,२८ असार। सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको नेतृत्व गरेको नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजीनामा नदिने तयारी गरेका छन् । प्रधानमत्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘उहाँलाई संसदले प्रधानमन्त्री निर्वाचित गरेको हो र संसदले नै हटाउन सक्छ । प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न ।’माओवादीले मंगलबार विहान प्रधानमन्त्रीलाई पत्र बुझाएर समर्थन फिर्ता लिएको घोषणा गरेको थियो ।
काठमाडौँ, २८ असार -.नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको वर्तमान सरकारबाट आफू फिर्ता भएको जानकारी सभामुख ओनसरी घर्तीलाई गराएको छ । मंगलबार माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सभामुखलाई सभामुखको कार्यकक्ष सिंहदरबारमा पुगेर सरकारबाट बाहिरिएको सम्बन्धी पत्र बुझाउनुभएको हो । सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले नेता महराले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको थियो । रासस
गोरखा, २३ असार ।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्यमा आएको सुधारलाई चमत्कारको संज्ञा दिएका छन् ।तर, अझै खतरामुक्त भने नरहेको बताएका छन् ।
कोइराला मंगलबार साँझ ओम अस्पताल भर्ना भएका थिए । तर, राति बेहोस् भएपछि अवस्था गम्भिर बनेको थियो ।उनलाई निमोनिया भएको थियो भने रगतमार्फत शरीरको सबै भागमा संक्रमण फैलिएको थियो । तर, बुधबार साँझबाट भने उनको स्वास्थ्यमा सुधारको संकेत देखिएको थियो ।बिहीबार दिउँसो उनलाई भेन्टिलेटरबाट निकालिएको छ । र, साँझ अस्पतालले पत्रकार सम्मेलन गरेर कोइरालाको स्वास्थ्य निकै सुधार भएको बताए ।यो एक प्रकारको चमत्कार नै भएको कोइरालाको उपचारमा संलग्न डा. लव जोशीले बताए । ‘पहिला (हिजो) बचाउन सकिन्छ कि सकिँदैन भन्ने थियो’ उनले भने, होसमा ल्याउन हामीले आधा घन्टासम्म प्रयास गर्छौं । तर, उहाँ छिट्टै रिकभर हुनु भो । उसलाई एक प्रकारको चमत्कार नै मान्नुपर्छ ।’
काठमाण्डौं, २२ असार । नेपाल परिवार दलको दोस्रो महाधिवेशनबाट एकनाथ ढकाल पुनः सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
त्यस्तै महाधिवेशनले दलको महामन्त्रीमा विनोद डाँगी ,खुल्ला तर्फ केन्द्रीय सदस्यमा मेदनी प्रसाई, राधेबेन्द्र कुमार श्रीबास्तव, गोबिन्द नाथ मिश्र ,देवी प्रसाद निरौला, लक्ष्मी प्रसाद भण्डारी, झंकर बहादुर बिष्ट, मनोज कुमार सुर्खेति चयन भएका हुनुभएका छ । यसैगरी महाधिवेशनले प्रदेश नं १
बाट तीर्थ राज घिमिरे ,मिलन कुमारी राजंबशी
प्रदेश नं २ बाट सन्तोष कुमार पौडेल, रिता महत्तो
प्रदेश नं ३ बाट गणेश कुमार श्रेष्ठ
, गोमादेवी दहाल
प्रदेश नं ४ बाट.प्रकाशबाबु थापा
प्रदेश नं ५ बाट अशोक कुमार चौधरी , जानकी घिमिरे अर्याल
प्रदेश नं ६ बाट रुपसिँह भण्डारी, कमला कुमारी के.सी
प्रदेश नं ७ बाट साबीत्री देवी बम , नबिन राज जैसी बजगाई
दलितबाट मोहन लाल चदरा
पिछडाबर्गबाट सन्तोष दास
मुस्लीमबाटअब्दुल क्युम शाह
मधेशीबाट मनोज लाल कर्ण
आदिबासी जनजातिबाट शेर बहादुर योन्जन लाई चयन गरेको छ ।कूल ५१ सदस्यीय कार्यसमिति मध्ये बाँकी २३ सदस्य अध्यक्षले मनोनयन गरे पछि समितिले पूर्णता पाउने परिवार दलले जनाएको छ ।
काठमाडौँ, २२ असार । ओम अस्पताल भर्ना हुनुभएका नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उहाँलाई हृदयाघातको आशङ्का गरिए पनि परीक्षणका क्रममा हृदयाघात नभएको तर फोक्सोको निमोनिया रहेको उपचारमा संलग्न चिकित्सक डा. लव जोशीले जानकारी दिनुभयो ।
चिकित्सकका अनुसारको अहिले उहाँको रक्तचापको अवस्था ९०÷६० रहेको छ । पिसाब बन्ने क्रम प्रतिघन्टा ५० एमएल रहेको छ । रक्तचाप कम भएकाले उहाँलाई अहिले तीन किसिमका औषधि दिइएको छ भने शरीरको तापक्रम बढाउन नदिने उपाय अपनाइएको उहाँले बताउनुभयो । डा. जोशीले भन्नुभयो—‘‘उहाँको स्वास्थ्यलाई स्थिर राख्ने प्रयास गरिएको छ उहाँको अवस्था गम्भीर छ ।’’डा कोइरालाको उपचारमा डा. अर्जुन कार्की, डा. भगवान कोइराला, डा. युएन पाठक, डा. लवजोशी, डा. श्याम महर्जन, डा. सुवास आचार्य, डा. महेश भट्टराई, डा. रवीन्द्र श्रेष्ठ, डा रावल पाठक, डा. पिके क्षेत्री, डा. हरिकिशोर श्रेष्ठ, डा. हरिश जोशीलगायतका १५ जनाभन्दा बढी चिकित्सकको टोली सक्रिय रहेको अस्पतालले जनाएको छ ।डा. कोइरालालाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतमा लैजाने तयारी भए पनि शरीरको अवस्था स्थिर नरहेका कारण तत्काल सम्भव नभएका कारण लैजान नसकिएको पनि अस्पतालले जनाएको छ ।महामन्त्री डा कोइरालाको स्वास्थ्य अवस्था जानकारी लिन अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी सभापति शेरबहाुदुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पार्टीका शिर्ष नेताहरु पुग्नुभएको छ ।सो अवसरमा प्रधानमन्त्री ओलीले कोइरालाको उपचारमा कुनै कमी हुन नदिन चिकित्सक एवम् अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । रासस
काठमाण्डौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने खेलमा नलाग्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई आग्रह गरेका छन् । उनले आफूले नेतृत्व गरिरहेको वर्तमान सरकारलाई ढलाए ‘पाप’ लाग्ने बताए ।
नेपाल परिवार दलको मंगलबार काठमाडौंमा सुरु भएको दोस्रो महाधिवेशन उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले ५०-५१ वर्ष राजनीतिक गर्दा जनताको यति धेरै माया र समर्थन पाएको सरकार देखेको छैन । एक गायकले गाएको सुनेथें- पाप लाग्ला है…। म भन्न चाहान्छु सरकार हटाउन हतार गर्नेलाई पाप लाग्ला । चुनाव आउँदैछ जनताले हेरिरहेका छन् ।’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको बहकाउमा लागेर अहिलेको सरकार ढाल्नतिर लागे त्यसको परिणाम आगामी चुनावमा देखिने उनले चेतावनी दिए । आफ्नो आग्रहलाई सरकार टिकाउन खोजेको रुपमा मात्र नलिन ओलीले माओवादी केन्द्रको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतर्फ लक्षित गर्दै छेउँछाउँमा बसेर सरकार ढले हुन्थ्यो भनेर चाहना राख्नेहरुको इच्छा पूरा नहुने पनि बताए । पाँच दशकयता बनेका सरकारमध्येमा आफू नेतृत्वको सरकारलाई नेपाली जनताको सबैभन्दा धेरै माया ममता र समर्थन गरेको दाबी ओलीले गरे ।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसमाथि डेढ वर्षभित्र तीन तहको निर्वाचन गरेर संविधानको कार्यान्वयन गर्नुपर्ने अवस्थामा संक्रमणकाल लम्ब्याउने षडयन्त्रमा लागेको आरोप समेत लगाए ।
गोरखा ,२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु बारपाकमा सरकारले भूकम्प स्मारक निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
भूकम्प प्रभावित जिल्ला गोरखाको भ्रमणका क्रममा बारपाक पुग्नुभएका प्रधानमन्त्री ओलीले बारपाकमा निर्माण गरिने स्मारकले भूकम्पको स्मरण गराउने र त्यसबाट बच्नका लागि पनि प्रेरणा प्रदान गर्ने बताउनुभयो ।भूकम्पको केन्द्रविन्दु बारपाकका स्थानीयको माग पत्र बुझे पछि सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले पुर्ननिर्माण सम्वन्धी विधेयक पारित भइसकेको अव प्राधिकरण गठन गरेर काम शुरु गर्न अनुकुलता भपिएको पनि बताउनुभयो ।
नेपाली सेनाको हेलिकप्टरमा आउनुभएका प्रधानमन्त्री ओलीले बारपाकमा सम्वोधन पछि उत्तरी गोरखाको चिनको सीमान संग जोडिएका गाविस छेकम्पार ,केरौंजा गाविस पनि पुगेर भूकम्प पीडितहरुको अवस्था बारे जानकारी लिनुभएको छ । गोरखा सदरमुकाम स्थित सेनाको भैरबीदल गणमा राजनितिक दल ,कार्यालय प्रमुख ,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु संग छलफल समेत गर्नुभएको थियो ।
गोरखाको बारपाकमा प्रधानमन्त्री केपी शर्मा ओलीका भाषण सुन्न आएका स्थानीयहरु
तस्वीर : गोरखाखबर
तस्वीर : गोरखाखबर
गोरखा ,१ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले नेपालको विकासको लागि चिन र भारत दुवै चाहिने दाबी गर्नुभएको छ ।
विजयादशमीको अवसरमा नेपाली कांग्रेस नगरसमितिले आइतवार गोरखा सदरमुकाममा गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता डा. रिजालले अव राजनितिक लडाई सकिएकोले चिन र भारत दुवैको मद्दत लिएर समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
गोरखा , २५ असोज । एमाले जिल्ला कमिटि गोरखाको अध्यक्षमा प्रेम बहादुर गुरुङ्ग निर्वाचित हुनुभएको छ ।
गुरुङ्गले एकसय ३० र अध्यक्षका अर्का प्रत्यासी विशेश्वर कट्टेल ९२ मत प्राप्त गर्नु भएको थियो । अधिवेशनबाट निर्वाचित अध्यक्ष रामशरण बस्नेत बैकल्पीक केन्द्रीय सदस्य हुनुभए पछि एमाले उपाध्यक्ष विशेश्वर कट्टेलले कार्यवाहक अध्यक्षको जिम्मेवारी बहन गर्दै आउनुभएको थियो । त्यस्तै उपाध्यक्ष पदका लागि भएको मतदानमा यादव बस्नेत र उपसचिवमा बुद्धि प्रसाद दवाडी निर्वाचित हुनुभएको छ ।
गोरखा ,३ भदौं । गोरखाका पुराना कम्युनिष्ट नेता ओजराज भट्टराईको बिहीवार बिहान निधन भएको छ । एमालेका पूर्व केन्द्रीय सल्लाहकार समेत रहनुभएका गोरखा पालुङटार नगरपालिका निवासी भट्टराईको ७९ वर्षको उमेरमा ललितपुर स्थित अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
वहां ब्लड क्यान्सर रोग बाट पीडित हुनुहुन्थ्यो । भट्टराईको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । एमाले हुनुपूर्व भट्टराई मानन्धर समूहको पोलिटव्युरो सदस्य रहनुभएका भट्टराई एमाले गोरखाको सचिव ,केन्द्रीय सल्लाहकार हुदै पछिल्लो समय जेष्ठ कम्युनिष्ट मञ्चको सदस्य हुनुहुन्थ्यो । यसैबीच एमाले गोरखाले प्रेस विज्ञप्ती प्रकाशित गरेर भट्टराई निधन प्रति दुःख व्यक्त गरेको छ ।
काठमाडौं ,११ साउन । भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको निधन भएको छ । ८३ वर्षको उमेरमा कलामको शिलोङमा निधन भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
एक कार्यक्रममा भाषण गर्दा गर्दै उनी लडेका थिए ।
गम्भीर घाइते भएका उनलाई अस्पताल लगिएको थियो । तर, उनको त्यहाँ मृत्यु भएको हो ।अब्दुल कलाम भारतका बैज्ञानिक समेत हुन् । उनी २००२ देखि २००७ सम्म भारतका राष्ट्रपति थिए । राष्ट्रपतिको कार्यकाल सकिएपछि उनले अध्यापनको काम गरे ।उनलाई मिसाइल म्यानले पनि चिनिन्छ । कलामको निधनपछि भारत सरकारले सात दिन राष्ट्रिय शोकको घोषणा गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
गोरखा , ५ साउन । एकीकृत माओवादी नेता एवं पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुखको एजेण्डा अरु दलहरुले शंका गरेर नस्वीकारेमा आफू त्यस्ता पदमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ ।
भीमसेन स्मृति प्रतिष्ठानले आज गोरखामा गरेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको औचित्य र आवश्यकता विषय विचार गोष्ठीमा बोल्दै डा.भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीले मूलूकलाई स्थिरता प्रदान गर्ने तर्क गर्दै अरु दलले एजेण्डा स्वीकारेको खण्डमा मूलूकको समृद्धि र विकासका लागि आफूले त्याग गर्न तयार रहेको दाबी गर्नुभयो । अधिवक्ता खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्राध्यापक देवराज चालिसे ,तेजविलास अधिकारी र स्टेला तामाङले टिप्पणी गर्नुभएको थियो ।
गोरखा , ४ साउन । गोरखाको सदरमुकाममा भएको क्षेत्र नं १ को सुझाव संकलन कार्यक्रममा संबैधानिक राजनितिक संवाद तथा सहमति समितिका सभापति समेत रहनुभएका सभासद डा.बावुराम भट्टराईले चेतनास्तर र आकांक्षा बढ्दै जादा परिमार्जन गर्न सकिने भएकोले सबैलाई यो सम्झौताको संविधान हो भनेर ग्रहण गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
समितिका सभापति डा.भट्टराई र एमालेका तर्फबाट सभासद केशब बडालको उपस्थिती रहेको उक्त सुझाव संकलन कार्यक्रममा सहभागी महिला ,मुस्लिम ,दलित लगायत विभिन्न जातजातिका प्रतिनिधिहरुले प्रदेशीय संरचना निर्माण हुदा समेत गोरखाको पहिचान कायम हुनुपर्ने ,महिला ,जनजाति ,अल्पसंख्यक र विभिन्न धार्मिक समुदायको अधिकारको सुनिश्चितता हुनुपर्ने कुरामा जोड दिएका छन ।
त्यस्तै गोरखाको निर्वाचन क्षेत्र नं २ मा सभासद हितराज पाण्डे र क्षेत्र नं ३ मा सभासदहरु चिनकाजी श्रेष्ठ र छम बहादुर गुरुङ्गको उपस्थितीमा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।
गोरखा ,१२ चैत । नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान निर्माण सवालमा संविधानसभालाई निर्देशन गर्ने अधिकार सर्वाेच्च अदालतलाई नभएको दाबी गर्नुभएको छ ।
गोरखा आउनुभएका भएका एमाले सचिव भट्टराईले एमाले गोरखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संविधान बनाउने जिम्मा अदालतलाई नभई नेपाली जनताले संविधानसभालाई दिएको तर्क समेत गर्नुभयो । वहांले भन्नुभयो ः “संविधानसभाले बनाएको संविधानमा अदालतले व्याख्या गर्न सक्छ तर व्यवस्थापिका संसद तथा संविधानसभालाई यो दफा थप त्यो दफा हटाऊ भनेर अदालत भन्नु कार्यक्षेत्र बाहिरका विषय हो । अदालतको अहिलेको आदेश शक्ति पृथकीकरणको सिद्धान्त विपरित छ । ”


















