काठमाण्डौं, ८ कात्तिक । नेपाली फुटबलको अभिभावकीय संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ विजयी भएका छन् । एन्फाका कावा अध्यक्ष श्रेष्ठ अर्का प्रत्याशी कर्माछिरिङ शेर्पालाई पाँच मतको साँघुरो अन्तरले हराउँदै निर्वाचित भएका हुन् । जम्मा ६७ मत रहेकामा श्रेष्ठले ३६ तथा शेर्पाले ३१ मत पाएका थिए ।
त्यस्तै रिक्त वरिष्ठ उपाध्यक्षमा पनि श्रेष्ठ समूहकै मणि कुँवर विजयी भएका छन् । कुँवरले शेर्पा समूहका दीपक खाती र एकल उम्मेदवारी दिएका उपेन्द्रमान सिंहलाई पछि परेका थिए । जसमा कुँवरले ३४, खातीले २५ तथा सिंहले ८ मत प्राप्त गरेका थिए । एन्फाको रिक्त अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन सम्पन्न भएको हो । यसअघि करिब २० वर्ष एन्फाका अध्यक्ष रहेका गणेश थापा भ्रष्टाचारका मुद्दामा १० वर्ष निलम्बनमा परेपछि नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो । नयाँ नेतृत्वले डेढ वर्षको कार्यकाल सम्हाल्नेछ । विधानानुसार त्यसपछि चार वर्षको पूरा कार्यकालका लागि नयाँ निर्वाचन हुने बताइएको छ । थापालाई गत वर्ष विश्व फुटबल महासङ्घ (फिफा) ले भ्रष्टाचार मुद्दामा १० वर्ष निलम्बन गर्दै फुटबलको कुनै पनि गतिविधिमा समावेश हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।
काठमाडौं । ब्राजिलको राजधानी रियो दि जेनेरियाको माराकाना स्टेडियममा रियो ओलम्पिक २०१६ को भब्य शुभारम्भ भएको छ ।
रियोको उद्घाटन समारोहमा नेपाली टिमबाट नेपालको झण्डा जुडोकी फुपुल्यामु खत्रीले बोकेकी थिइन् । उनले भारतमा भएको १२ औं सागमा स्वर्ण जितेकी थिइन् ।रियोमा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । आर्चरीका जितबहादुर मुत्ताङ, तेक्वान्दोकी निशा रावल, एथलेटिक्ककी सरस्वती भट्टराई , हरिकुमार रिमाल, पौडीकी गौरिका सिंह र शिरिष गुरुङले पनि भाग लिनेछन् ।
रियाको उद्घाटन समारोह हेर्न रंगशालामा ७५ हजार दर्शक उपस्थित भएका थिए । त्यस क्रममा प्रकाश, संगीत र नृत्यको माध्यबाट ब्राजिलको संस्कृतिहरु देखाइएको थियो ।माराकाना रंगशाला र रियोको आकासमा आतिशबाजी समेत गरिएको थियो ।
स्रोत : अनलाईन खबर र एजेन्सी
एजेन्सी ,२२ असार । स्पेनिस एक अदालतले कर छलीको अभियोगमा बार्सिलोनाका स्टार फुटबलर लिओनल मेस्सीलाई २१ महिना जेल सजाय सुनाएको छ ।तर, उनी जेल जानु नपर्ने पनि हुनसक्छ ।
बार्सिलोनाको अदालतले कर छलीका तीन मुद्धामा मेस्सी र उनका बुबा जोर्जलाई समान २१ महिना पनि जेल सजाय सुनाइएको छ । साथै मेस्सीलाई २ मिलियन र जोर्जलाई डेढ मिलियन जरिवाना पनि तिर्न भनिएको छ ।मेस्सी र उनका बुबामाथि २००७ देखि ०९ को अवधिमा ४.१ मिलियन युरो बराबरको कर नतिरेको अभियोग छ ।तस्वीरको कपिराइटबाट आएको पैसा कर छलेर बेलिज र उरुग्वेमा जम्मा गरेको अभियोनकर्ताको दाबी छ । तर, अदालतमा उपस्थित भएका मेस्सीले यसबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।स्पेनिस अनलाइन मार्काका अनुसार अदालतले २ वर्ष जेल सजाय सुनाइएपनि मेस्सी जेल जानु नपर्ने देखिन्छ ।किनकी स्पेनिस कानुन अनुसार अपराधिक रेकर्ड नभएका व्यक्तिलाई २ वर्षभन्दा कम सजायमा जेल बस्नु पर्दैन । तर, आवधिक रुपमा अधिकारीहरु समक्ष उपस्थित हुनुपर्छ ।
गोरखा , २ कात्तिक । गोरखामा सम्पन्न लिगलिगे दौडको यस वर्षकोे उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन । मस्र्याङ्गर्दी र चेपे नदीको घाटबाट गोरखाको आंपपिपल गाविसको लिगलिगकोटसम्म १३ किलोमिटर दुरीको दौड प्रतियोगितामा ५९ मिनेट २२ सेकेण्डमा दुरी पूरा गरेर नेपाली सेनाको रिमालले उपाधि जितेको हो ।
| Add caption |
उपाधि जिते संगै धादिङ फूलखर्क गाविस वडा नं ३ घर भएका रिमालले नगद ५० हजार रुपियां सहित श्रीपेच र प्रमाण पत्र हात पारेका छन । बाइसी चौबिसे राज्यका समयमा गोरखाको लिगलिगकोटमा दौडेर राजा हुने परम्पराको स्मरण स्वरुप लिगलिगकोट बिकास अभियानले आयोजना गरेको लिगलिगे दौडको यो छैठौं संस्करण हो । यसैगरी नेपाली सेनाकै बेदबहादुर सुनुवारले ५९ मिनेट ३९ सेकेन्डमा दौड पूरा गर्दै द्धितीय स्थान हासिल गरेको नगद २५ हजार रुपियां र एक घण्टामा दौड पूरा गर्दै सेनाकै होमलाल श्रेष्ठले तृतीय स्थान हासिल गर्दै नगद १५ हजार रुपैंया पुरस्कार हात पारेका छन । यसैगरी शसस्त्र प्रहरीका लक्ष्मण मल्लले एक घण्टा एक सेकेन्डमा दौड पूरा गर्दै नगद १० हजार एक सय ५ रुपैंया पुरस्कार हासिल गरेका छन ।
गोरखा , ११ साउन । भूकम्प बाट पूर्ण रुपमा क्षति भएको गोरखाको मिरकोट स्थित धर्माेदय माध्यमिक विद्यालय रुपन्देही जिल्ला फुटबल संघले बनाइदिएको छ । रुपन्देही फुटबल संघले आयोजना गरेको तिलोतमा फुटबल प्रतियोगिताबाट संकलित रकमले विद्यालय भवन निर्माण गरिदिएको हो ।
नव निर्मित भवनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । भवन उद्घाटन कार्यक्रममा एन्फाका उपाध्यक्ष कर्मा छिरिङ्ग शेर्पाको पनि उपस्थिती रहेको थियो । तिलोतमा फुटबल प्रतियोगिताबाट संकलित ९ लाख र आफ्ना पदाधिकारीहरु बाट ४ लाख थपेर कूल १३ लाख रुपियांको लागतमा रुपन्देही जिल्ला फुटबल संघले गोरखाको मिरकोट स्थित धर्माेदय माध्यमिक विद्यालयमा जस्ता र फलामबाट ९ कोठे भवन निर्माण गरिदिएको रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिनुभयो ।
गोरखा ,२६ माघ । हरमटारी क्लबले दोस्रोपटक आयोजना गरेको गोर्खाली कप फुटबल प्रतियोगिताको नतिजा लाई लिएर फाइनलमा उपबिजेता बनेको दि गुर्खाज युनाइटेड र आयोजक क्लब बीच विवाद चुलिदै गएको छ ।
उपाधि विजेता क्लब गोरखकाली युथ क्लबले सुचीमा नभएको खेलाडीलाई खेलाएको र त्यस विरुद्ध आयोजक समक्ष उजुरी दिदा पनि आयोजकले सुनुवाई नगरेको व्यहोरा सहित उपविजेता दि गुर्खाज युनाइटेड क्लबले प्रतियोगितामा धाँधली भएको उजुरी जिल्ला प्रशासन कार्यालयमा दिएको छ । यता आयोजक क्लब हरमटारी क्लबले प्रेस विज्ञप्ती जारी गरेर प्रतियोगितामा धाँधली नभएको र फिफाको नियम अनुसार नै प्रतियोगिता सम्पन्न गरेको दाबी गरेको छ । क्लबले दि गुर्खाजले उठाएको विषयमा छानविन गर्दा टिमले दर्ता गराएको सुचीमा रहेको खेलाडी बाहेक अरुले खेलेको नपाइएको हरमटारी क्लबका अध्यक्ष मनबहादुर तामाङद्वारा हस्ताक्षरित जारी विज्ञप्तीमा उल्लेख छ । दि गुर्खाज युनाइटेड र गोरखकाली युथ क्लब बीच भएको फाइनल खेलमा १–० गोलले गोरखकाली क्लब बिजयी भएको थियो । प्रतियोगिता सम्पन्न भए लगत्तै पुरस्कार बहिष्कार गरेर उपविजेता दि गुर्खाज युनाइटेड प्रतियोगितामा धाँधली भएको दाबी गर्दै आएको छ । गोर्खाली कप जिल्लामा अहिले सम्मकै धेरै पुरस्कार राशीको प्रतियोगिता हो ।
गोरखा ,२२ माघ । जिल्लामै अहिले सम्मकै धेरै पुरस्कार राशी गोर्खाली कप २०७१ फुटबल प्रतियोगिता उपाधि गोरखाका गोरखकाली युथ क्लबले जितेको छ । गोरखकाली युथ क्लबले आज भएको फाइनलमा गत वर्षका विजेता दि गुर्खाज युनाइटेडलाई १–० हराउंदै गोर्खाली कपको उपाधि जितेको हो ।
उपाधिको जित संगै गोरखकाली युथ क्लबले एकलाख नगद सहित आर्कषक शिल्ड हात पारेको छ । त्यस्तै सेमिफाइनल खेलेको दुई टिम सेनाको भैरबी दल गण र आयोजक हरमटारी क्लबले २०/२० हजार नगद पुरस्कार प्राप्त गरेको छ । विजयी टिम तथा खेलाडीहरु लाई अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले एक समारोह बीच पुरस्कार ,मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो । गोरखाको स्थानीय हरमटारी क्लबले दोस्रो पटक गोर्खाली कप फुटबलको आयोजना गरेको हो ।
उपविजेताद्धारा पुरस्कार बहिष्कार
गोर्खाली कपका उपविजेता दि गुर्खाज युनाइटेडले भने बिजेता टिमले नाम दर्ता नभएको खेलाडी सहभागी गराएर खेल खेलेको भन्दै नगद ५० हजार राशीको पुरस्कार बहिष्कार गरेको छ । दि गुर्खाज युनाइटेडले पत्रकार सम्मेलन गरेर विजेता टिमले १६ नम्वरको खेलाडी टिमको खेलाडी नभई अरु नै खेलाडी सहभागी गराएर नियम विपरित खेलेको दाबी गर्दै आयोजक समक्ष आफूहरुले दर्ता गराएको उजुरी छानविन हुनुपर्ने माग गरेको छ ।
गोरखा,२१ माघ । गोरखाका दि गुर्खाज युनाइटेड र गोरखकाली युथ क्लब गोर्खाली कप फुटबलको फाइनलमा पुगेको छ ।गोरखकाली युथ क्लब दरबार र हरमटारी क्लब बीच भएको बुधवारको खेल निर्धारित समयमा १/१ गोलको बराबरी भए पछि ट्राइब्रेकरमा ४–३ गोल अन्तरले गोरखकाली युथ क्लब बिजयी भएको हो ।
त्यस्तै सेनाका भैरबी दल गण गोरखा र दि गुर्खाज युनाइटेड पाटेचौर बीच भएको खेलमा १–० गोलले हराउंदै दि गुर्खाज युनाइटेड पाटेचौर फाइनलमा पुगेको छ ।
उपाधिका लागि दि गुर्खाज युनाइटेड र गोरखकाली क्लब बीच हरमटारी खेलमैदानमा बिहीबार फाइनल खेल हुदैछ । हरमटारी क्लबले आयोजना गरेको दोस्रो गोर्खाली कप फुबटलको उपाधि जित्ने टिमले १ लाख नगद सहित आर्कषक शिल्ड हात पार्नेछ ।
गोरखा,२० माघ । गोरखामा जारी गोर्खाली कप फुटवलको मंगलवार सम्पन्न खेलबाट आयोजक क्लब हरमटारी सहित ३ वटा टिम सेमिफाइलनमा प्रवेश गरेको छ ।
नेपाली सेनाका भैरबी दल गण , गोरखकाली युथ क्लब र आयोजक हरमटारी क्लब सेमिफाइनलमा पुगेका हो । सेनाको भैरबी दल गणले स्वयम्बु क्लब काठमाण्डौ लाई ३–१ हराएको हो । त्यस्तै थालाजुङ्ग युनाइटेड क्लब र गोरखकाली युथ क्लब बिच भएको दोस्रो खेलमा १–० गोलले गोरखकाली युथ क्लब बिजयी भएको हो । यसैगरी आयोजक हरमटारी क्लब र सनराइज युथ क्लब बिच भएको खेलमा १–० गोल अन्तरले हराउंदै आयोजक हरमटारी क्लब सेमिफाइनमा पुगेको छ । दि गुर्खाज युनाइटेड क्लब पाटेचौर यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
गोरखा ,१९ माघ । गोरखाको हरमटारी खेलमैदानमा जारी गोर्खाली कप फुटवलको सोमवार सम्पन्न खेलमा बालुवा युथ क्लबलाई हराउँदै दि गुर्खाज युनाइटेड पाटेचौर सेमिफाइनलमा प्रवेश गरेको छ ।
बालुवा युथ क्लब संग भएको खेलमा दि गुर्खाज युनाइटेडले ३–० गोलले हराएको हो । यसैगरी सनराइज युथ क्लब तिनकिलो र गोरखकाली युथ क्लब दरबार पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । मनकामना क्लब मनकामनालाई २–१ गोलले हराउदै सनराइज युथ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको हो । त्यस्तै एभरेष्ट क्लब चितवन र गोरखकाली युथ क्लब दरबार बीच भएको खेल निर्धारित समयमा १/१ गोलको बराबरी भए पछि ट्राइब्रेकरमा ४–२ गोलले गोरखकाली युथ क्लब क्वाटरफाइनलमा पुगेको हो ।
गोरखा ,१८ माघ । गोरखा गोरखाको हरमटारीमा सञ्चालन भइरहेको गोर्खाली कप फुटबलको आइतवारको खेलमा स्वयम्भु क्लब काठमाण्डौं र बालुवा युथ क्लब वालुवा बिजयी भएको छ ।
एकता युवा क्लब सतिपिपल र स्वयम्भु क्लब बीच भएको खेलमा २–० गोलले स्वयम्भु क्लब विजयी भएको छ । त्यस्तै डुकुपन्च कन्या काठमाण्डौं र बालुवा युथ क्लब वालुवा बीच भएको खेलमा १ –० गोलले वालुवा युथ क्लब विजयी भएको छ । डुकुपन्चकन्या क्लबको टिममा विदेशी ४ जना हब्सी खेलाडी पनि सहभागी थिए ।
एकता युवा क्लब सतिपिपल र स्वयम्भु क्लब बीच भएको खेलमा २–० गोलले स्वयम्भु क्लब विजयी भएको छ । त्यस्तै डुकुपन्च कन्या काठमाण्डौं र बालुवा युथ क्लब वालुवा बीच भएको खेलमा १ –० गोलले वालुवा युथ क्लब विजयी भएको छ । डुकुपन्चकन्या क्लबको टिममा विदेशी ४ जना हब्सी खेलाडी पनि सहभागी थिए ।
काठमाण्डौं ,१७ माघ । किर्तीमानी खेलाडी तेक्वान्दो खेलाडी दीपक विष्टले सक्रिय खेल जीवनबाट सन्यास लिनुभएको छ ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा झण्डै दुई दशक लामो खेलाडी जीवनबाट विश्राम लिएको घोषणा गर्नुभएको हो । कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा विष्टलाई भक्स वागन कार उपहार दिइएको थियो । कार्यक्रममा बाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले विष्टलाई कार हस्तान्तरण गर्नुभयो ।सन् १९९९ मा काठमाडौंमा, २००४ मा पाकिस्तानको इस्लामावादमा, २००६ मा
श्रीलंकाको कोलम्बोमा र सन् २०१० को बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली
खेलकुदमा स्वर्ण जितेका विष्टले सन् २००२ को बुसान र सन् २००६ को दोहा
एसियाडमा काश्य पदक जितेका थिए । सन् २०१० मा ढाकामा चोट बोकेरै विपक्षीसँग
भिडेका दीपकले ८७ केजी तौल समूहको फाइनलमा भुटानी खेलाडीलाई हराउँदै चौथो
पटक स्वर्ण जितेका थिए ।
गोरखा ,१७ माघ । गोरखाको हरमटारी खेलमैदान जारी गोर्खाली कप फुटवल प्रतियोगितामा दि गुर्खाज युनाइटेड पाटेचौर क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
दि गुर्खाज युनाइटेड र गुरुङ्ग ब्वाइज मुग्लिन बीच भएको खेलमा २ का बिरुद्ध ३ गोल गरेर क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलमा सेनाको भैरबी दल गण गोरखा र त्रिवेणी युवा क्लब मुग्लिङ्ग बीच भएको खेल निर्धारित समयमा १/ १गोलको बराबरी भए पछि ट्राइब्रेकरमा ५ का विरुद्ध ६ गोल गर्दै भैरबी दल गण विजयी भएको हो । त्यस्तै आयोजक हरमटारी क्लब र तीनतारे युवा क्लब बारपाक बीच भएको खेलमा १ का विरुद्ध ३ गोल गर्दै आयोजक हरमटारी क्लब विजयी भएको छ ।
गोरखा ,१६ माघ । गोरखाको हरमटारी खेलमैदानमा सञ्चालित गोर्खाली कप फुटबल प्रतियोगिताको दोस्रो दिन शुक्रवार सम्पन्न ३ खेलमा क्रमश एकता युवा क्लब ,सनराइज युथ क्लब र बालुवा युथ क्लब विजयी भएको छ ।
हिमालयन चर्च युवा क्लब र एकता युवा क्लब बीच भएको प्रतियोगिताको पहिलो खेलमा ०–२ गोलले एकता युवा क्लब सतिपिपल , ताप्ले युथ क्लब र सनराइज युथ क्लब तीन किलो बीच भएको दोस्रो खेलमा १–४ गोलले सनराइज युथ क्लब तीन किलो विजयी भएको छ ।त्यस्तै बालुवा युथ क्लब र खालीबारी युथ क्लब ललितपुर बीच भएको तेस्रो खेलमा निर्धारित समयमा २/२ गोलको बराबरी भए पछि ट्राइब्रेकरमा ३–५ गोलले बालुवा युथ क्लब बालुवा बिजयी भएको हो ।
गोरखा ,१५ माघ । गोर्खाली कप २०७१ फुटबल प्रतियोगता बिहीबार देखी गोरखाको हरमटारी खेलमैदानमा शुरु भएको छ । जिल्लामै अहिले सम्मकै धेरै पुरस्कार राशीको गोर्खाली कप २०७१ फुटबल प्रतियोगिता हरमटारी क्लबले दोस्रोपटक आयोजना गरेको हो ।
उपाधि विजेता टिमलाई आर्कषक शल्ड सहित १ लाख नगद पुरस्कारको व्यवस्था रहेको प्रतियोगताको एक समारोह बीच गोरखाका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले गोर्खाली कप लेखिएको व्यानर सहितको बेलुन उडाएर र विशेष अतिथि मिलन गुरुङ्ग(मिलन चक्रे)ले गोर्खाली कपको शिल्ड अनावरण गरेर उद्घाटन गरेका थिए । यसैबीच दि गुर्खाज युनाइटेड र सोसिएल वेलफेर स्पोर्ट सेन्टर काठमाण्डौं बीच भएकोे उद्घाटन खेलमा दि गुर्खाज युनाइटेड ०–१ गोलले बिजयी भएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा मिलनचक्रे नामले परिचित मिलन गुरुङ्गले प्रतियोगितालाई नगद २ लाख १० हजार सहयोग प्रदान गरेका छन । प्रतियोगितामा प्रतियोगितामा नक्खीपोट युथ क्लब ,स्वयम्भु क्लब ,डुकु पन्चकन्या क्लब र जिल्लाका समेत गरी २० टिमको सहभागीता रहेको छ ।
अहिले सम्मकै सबैभन्दा धेरै पुरस्कार राशीको गोर्खाली कप फुटबल प्रतियोगिता २०७१ बिहीवार देखि गोरखाको खेलमैदानमा सञ्चालन हुदैछ ।
स्थानीय हरमटारी क्लबले दोस्रोपटक आयोजना गर्न लागेको गोर्खाली कप फुटबल प्रतियोगिता बारे आयोजक क्लबका अध्यक्ष मन बहादुर तामाङ संग गोरखा खबरले गरेको कुराकानी
१.दोस्रो गोर्खाली कप २०७१ को तयारी कस्तो छ ?- खेलमैदानको व्यवस्थापन ,आर्थिक संकलन , अफिसियल छनौट ,टिम दर्ता ,खेल तालिका प्रकाशन काम भइसकेको छ । अतिथिहरु लाई पत्राचार ,उद्घाटन कार्यक्रमका लागि मञ्च लगायतका सबै काम सम्पन्न भएको छ ।
- पहिलो त यो प्रतियोगिता पुरस्कार राशी नगद १ लाख रुपियाँ छ । त्यति मात्र होइन प्रतियोगताको उपाधि शिल्ड अर्डर बमोजिम गोरखाको पहिचान झल्कने एकलाख मूल्यकै बनाइएको छ । प्रतियोगिताको उद्घाटन गोर्खाली कप २०७१ को व्यानरलाई ३०० वटा बेलुनमा उडाएर गरिदैछ ।
- प्रतियोगितामा नक्खीपोट युथ क्लब ललितपुर ,स्वयम्भु क्लब,डुकु पन्चकन्या काल ,सोसिएल वेलफेयर स्पोर्टस एकेडेमी काठमाण्डौं ,एभरेष्ट क्लब चितवन र गोरखाका विभिन्न क्लब गरी २० टिम सहभागी हुदैछ ।
- हामीले सामाजिक सञ्जाल मार्फत आर्थिक सहयोगको आग्रहको क्रममा गोरखाको बारपाक घर भइ हाल बेलायतमा रहनुभएका नरेश घलले नगद १ लाख रुपियाँ सहयोग गर्नुभएको छ । यसरी नै देश ,विदेशमा रहनुभएका महानुभावहरु आर्थिक सहयोग संकलन गरिएको हो । त्यस्तै गोर्खाली कप जिल्लाको खेलकुद उत्सव भएकोले पनि जिल्ला विकास समिति र गोरखा नगरपालिका सहित विभिन्न संघसंस्था संग पनि अनुरोध गरिएको छ ।
- दर्ता भएको २० टिमको खेल तालिका सार्वजनिक गरिसकेका छौं । हामीले अखिल नेपाल फुटबल संघ (एन्फा) संग पनि समन्वय गरेका छौं । रेफ्री लगायत सबै अफिसियल एन्फाबाट मान्यता प्राप्त व्यक्तिहरुले प्रतियोगिता सञ्चालन गर्ने छन । खेलाडी ,दर्शकको सुविधालाई मध्यनजर गर्दै खेल अवधिभर ५० जना स्वयम् सेवक परिचालन गरिनुका साथै स्वास्थ्य उपचारका लागि स्वास्थ्य टोलीको पनि व्यवस्था गरिएको छ । पहिलो खेल गोरखाको द गुर्खाज युनाइटेड र सोसिएल वेलफेयर स्पोर्टस एकेडेमी काठमाण्डौं बीच हुदैछ । त्यस्तै माघ २२ गते प्रतियोगिताको फाइनल हुनेछ ।
६.विगतका गोरखामै आयोजना भएको कतिपय प्रतियोगिताहरु पक्षपात भएको भन्दै विवाद हुने गरेको थियो ? विवाद रहित बनाउन कसरी व्यवस्थापन गर्नुभएको छ ।
- एन्फाबाटै मान्यता प्राप्त अफिसियलहरु बाट नै फिफाको नियम अनुसार प्रतियोगिता सञ्चालन हुने भए पछि खेलको विषयमा खेलाडी बीच विवाद हुने त कुरै भएन । अन्य सुरक्षा व्यवस्थाको लाग स्थानीय प्रशासन मार्फत नेपाल प्रहरी र सशस्त्र प्रहरी बल लाई आग्रह गरेका छौं ।
- “गोर्खाली कप गोर्खालीको शान ,समग्र जिल्लाकै खेलकुद विकासको लागि हरमटारी क्लबको अभियान” भन्ने नाराको साथ हामीले दोस्रो पटक प्रतियोगिताको आयोजना गरेका छन । जिल्ला मात्र होइन मूलूक लाई चिनाउने एक शसक्त माध्यम खेलकुद भएकोले सम्पूर्ण महानुभावहरुको हामी साथ र सहयोगको अपेक्षा गर्दछौं ।
गोरखा ,१४ माघ ।गोरखा हरमटारी खेलमैदानमा भोली देखी आयोजना हुने गोर्खाली कप फुटबल प्रतियोगिता २०७१ को सम्पूर्ण तयारी पूरा भएको छ । अहिले सम्मकै सबैभन्दा धेरै एकलाख नगद पुरस्कार राशीको गोर्खाली कप हरमटारी क्लबले दोस्रो पटक आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा नकीपोट युथ क्लब ,स्वयम्भु क्लब ,डुकु पन्चकन्या लगायत फुटबल केही चर्चित टिम र गोरखा जिल्लाका विभिन्न क्लबका टिम सहित २० टिमको सहभागीता रहेको आयोजक क्लबका अध्यक्ष मन बहादुर तामाङले जानकारी दिनुभयो । उद्घाटन खेल गोर्खाज युनाइटेड क्लब पाटेचौर र सोसीएल वेलफेवर क्लब काठमाण्डौं बीच हुदैछ । प्रतियोगता माघ २२ सम्म सञ्चालन हुनेछ ।
काठमाडौं, १२ माघ । राष्ट्रिय लिग फुटबलमा लुम्बिनी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । दशरथ रङगशालामा लुम्बिनीले सोमबार नेपाल पुलिस क्लबलाइ १–० ले हराउँदै विजयी सुरुवात गरेको हो । लुम्बिनीलाई जिताउन ८५ औं मिनेटमा अमिर श्रेष्ठले गोल गरे । पोखरा कप र सिमरा गोल्डकपमा निकै फर्ममा देखिएको पुलिस राष्ट्रिय लिगमा भने आफ्नो पहिलो खेलमै पराजित भएको हो ।पुलिस जुमनु राई र रबिन श्रेष्ठबिनै मैदान उत्रिएको थियो । प्रतियोगितामा बुधबार थ्री स्टार क्लब र सूदुर पश्चिमाञ्चल फुटबल क्लबबीच खेल हुनेछ ।
सामान्यतयाः ट्याबलेट भन्नासाथ स्मार्टफोन र ल्यापटवीचको साइजयुक्त ग्याजेट भनेर बुझिन्छ । यी ट्याबलेट ८ इन्चदेखि १२ इन्च साइजसम्म हुन्छन् । तर, माइक्रोसफ्ट कम्पनीले १०-१२ इन्च हैन पुरै ८४ इन्चको स्क्रिन भएको ट्याबलेट निर्माण गरेको छ जुन अहिलेसम्मकै ठूलो हो ।
आफ्नो नयाँ अपरेटिङ सिस्टम विन्डोज १० को सार्वजनिकीकरण समारोहमा माइक्रोसफ्टले ८४ इन्चको टचस्क्रिन स्क्रिनवाला फोर के डिस्प्ले भएको सर्फै हब नामक ट्याबलेट सार्वजनिक गरेको हो । यो ट्याबलेट माइक्रोसफ्टको नयाँ अपरेटिङ सिस्टम विन्डोज १० बाट चल्नेछ ।
माइक्रोसफ्टको यो भिमकाय ट्याबलेटमा मल्टी टच तथा मल्टी पेन सपोर्ट हुनुका साथै डुअल क्यामरा र अत्याधुनिक सेन्सर समेत रहेको छ । यो नयाँ ट्याबलेटलाई भित्तामा स्थापित गरि विभिन्न समारोह, मिटिङ हरुमा दृश्य साधनको रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।
८४ इन्चको सर्भेस हब सार्वजनिक समारोहमा माइक्रोसफ्टले यो ट्याबलेटको स्क्रिनमा त्यसको पेनको सहायताले विभिन्न चित्र तथा नोटहरु तयार गरिएको र त्यसलाई स्काइपी कन्फेरेन्स कलमा आबद्ध सबै मानिसको बीचमा शेयर गरिएको देखाइएको थियो । त्यसक्रममा विन्डोज १० अपरेटिङ सिस्टममा भएका ठूलो स्क्रिनवाला ट्याबलेटकै लागि तयार पारिएका विभिन्न एपहरु समेत देखाइएको थियो । आफ्नो नयाँ अपरेटिङ सिस्टम विन्डोज १० को सार्वजनिकीकरण समारोहमा माइक्रोसफ्टले ८४ इन्चको टचस्क्रिन स्क्रिनवाला फोर के डिस्प्ले भएको सर्फै हब नामक ट्याबलेट सार्वजनिक गरेको हो । यो ट्याबलेट माइक्रोसफ्टको नयाँ अपरेटिङ सिस्टम विन्डोज १० बाट चल्नेछ ।
माइक्रोसफ्टको यो भिमकाय ट्याबलेटमा मल्टी टच तथा मल्टी पेन सपोर्ट हुनुका साथै डुअल क्यामरा र अत्याधुनिक सेन्सर समेत रहेको छ । यो नयाँ ट्याबलेटलाई भित्तामा स्थापित गरि विभिन्न समारोह, मिटिङ हरुमा दृश्य साधनको रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।
यो ट्याबलेटलाई डिजिटल ह्वाइट बोर्डको रुपमा प्रयोग गर्न सकिनुका साथै रिमोट कन्फ्रेन्सिङ सम्भव तुल्याउने छ । एकैपटक धेरै मानिसले आफ्नो ल्यापटप, ट्याब्लेट अर्थात् स्मार्टफोनबाट यसको स्त्रिmनमा भएका सामाग्रीहरु काटछाँट गर्न सक्छन् ।
माइक्रोसफ्टले यो ग्याजेटको मूल्य तत्काल तोकेको छैन । यद्यपि यो ट्याब्लेट व्यवसायिक प्रयोजनका ग्राहकहरुलाई लक्षित भएकाले केही महंगो हुने अनुमान गरिएको छ । माइक्रोसफ्टका अनुसार केही सानो आकारको ट्याब्लेट मन पराउनेहरुका लागि ५५ इन्चको ट्याबलेट समेत उपलब्ध हुनेछ ।- एजेन्सीको सहयोगमा
आफ्नो निजी इमेल खाता, फेसबुक र ट्वीटरजस्ता सामाजिक संजालमा राखिने थरिथरिका पासवर्ड सम्भिmन दिक्क मानिरहनुभएको छ भने अब खुसीको खवर छ ।
अब कुनै पनि साइट खोल्दा तपाईले पासवर्ड सम्भिइरहन पर्दैन केवल अनुहार देखाए पुग्छ । अनुहार चिनेपछि इमेल, सामाजिक संजाल वा इन्टरनेट बैंकिङका सुरक्षित खाता आफै खुल्छन् ।
शारीरिक चिन्ह वा आँखाले व्यक्तिको पहिचान गर्ने बायोमेटि्रक प्रक्रियामा अब एक नयाँ आयाम थपिएको छ । अहिलेसम्म फेस डिटेक्शन प्रविधिले आइफोन वा एन्ड्रोइड अनलक गर्न सकिन्थ्यो ।
तर, अब यस्यो नयाँ एप ‘ट्रु की’ विकाश भएको छ, जसले पासवर्ड प्राटेक्टेड मल्टिपल वेबसाइट जस्तो इमेल, नेट बैंकिङ अकाउन्ट आदिमा पासवर्ड नराखी फेस डिटेक्शन प्रविधि अपनाउन सकिन्छ ।
यो ‘ट्रु की’ कम्प्युटरको क्यामेराको सहयोगले फोटो क्लिक गरेर स्टोर गर्छ, ताकि भविष्यमा यसको प्रयोग गर्न सकियोस् । जब तपाईले आफ्नो पासवर्ड प्रोटेक्टेड वेबसाइट खोल्न चाहनुहुन्छ, यो एपले तपाईको अनुहार स्क्यान गर्छ र आफ्नो रेकर्डसँग मिलाएर हेर्छ । अनुहार मिले साइट खुल्छ, पासवर्ड चाहिँदैन ।
यो प्रविधि ति सबै डिभाइसमा काम गर्छ, जसमा क्यामेरा जडान गरिएको छ । जस्तो कम्प्युटर ट्याबलेट र स्मार्टफोनको पनि पासवर्ड परिर्वतन गर्न सकिन्छ । ‘ट्रु की’ फेब्रुअरीबाट वेबसाइटमा उपलब्ध हुनेछ ।
‘ट्रु की’ सर्भिसलाई कम्प्युटर चिपमेकर इन्टेलले विकाश गरेको हो । यो प्रबिधि हालै अमेरिकामा सम्पन्न कन्जुमर इलेक्ट्रोनिक प्रर्दशनीमा सार्वजनिक गरिएको थियो ।
‘हाम्रो लक्ष्य भनेको पासवर्डलाई निर्मुल गर्नु नै हो’ इन्टेल सेक्युरिटीका उपाध्यक्ष मार्क हकिङले भने । पछिल्ला बर्षमा कमजोर पासवर्डका कारण हजारौं इमेल तथा सामाजिक संजालका खाता ह्याक भएका खवर आइरहेका बेला यस्तो बिकाशले पासवर्ड चोरीको समस्या समाधान भई इन्टरनेट सेक्युरिटी मजबुद हुने उनले बताए ।




















