गोरखा,२२ कात्तिक । विभिन्न स्वायत्त र संरक्षित क्षेत सहित गोरखामा २ नगरपालिका र ९ गाउँपालिका रहने गरी ११ वटा स्थानीय तह बनाउने सहमति भएको छ । स्थानीय पुर्नसंरचना जिल्ला प्राविधिक सहयोग समितिको बैठकले मुस्लिम र कुमाल संरक्षित क्षेत्र हुने गरी गोरखा नगरपालिकामा देउराली र बुंकोट गाविस लाई गाभ्ने निर्णय गरेको छ । त्यस्तै पालुङटार नगरपालिकामा मिरकोट ,धुवाँकोट र खोप्लाङ्ग गाविस लाई गाभ्ने निर्णय गरेको छ । यसैगरी भोटेलामा स्वायत्त क्षेत्रका रुपमा सिर्दीवास रहने गरी चुमनुब्री गाउँपालिका ,तमु स्वायत्त क्षेत्रका रुपमा गुम्दा केन्द्रका रहने गरी धार्चे गाउँपालिका ,आरुचनौटे केन्द्र रहने गरी आरुघाट गाउँपालिका ,ताकुकोट केन्द्र रहने गरी सुलिकोट गाउँपालिका, बराम संरक्षित क्षेत्रका रुपमा वगुवा केन्द्र रहने गरी भीमसेन गाउँपालिका ,मगर स्वायत्त क्षेत्रका रुपमा घैरुङ्ग केन्द्र रहने गरी शहिद लखन थापा गाउँपालिका ,चेपाङ संरक्षित क्षेत्रका रुपमा भुम्लीचोक केन्द्र रहने गरी गण्डकी गाउँपालिका ,छोप्राक केन्द्र रहने गरी सिरानचोक गाउँपालिका र तामाङ ,भुजेल संरक्षित क्षेत्रका रुपमा भच्चेक केन्द्र रहने गरी अजिरकोट गाउँपालिका बनाउने खाँकामा सहमति भएको छ ।
गोरखाको स्थानीय तह निर्माणका क्रममा कुन गाविस कहाँ परेको छ जान्नका लागि तलका तालिका हेर्न सकिन्छ ।
काठमाण्डौं, २० कात्तिक ।प्रस्तावित १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरणको काम अबको १० दिनभित्रबाट शुरु गरिने अधिकारीहरुले बताएका छन्।
निर्माण पूरा भएपछि देशकै ठूलो जलाशययुक्त आयोजना हुने यो जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहणको काम निकै चुनौतीपूर्ण मानिएको थियो।
जग्गा वर्गिकरणको काम भइसकेकोले यसै महिनाको अन्तिमबाट मुआब्जा वितरण कार्य शुरु हुने मुआब्जा निर्धारण समितिका अधिकारीहरुले बताएका हुन्।
तयारी
बुढीगण्डकी नदी किनारमा रहेका धादिङ र गोरखाका व्यक्तिको नाममा रहेको झन्डै ६७ हजार रोपनी जग्गाको मुआब्जा वितरणका लागि प्रक्रिया शुरु हुन लागेको मुआब्जा निर्धारण समितिका अधिकारीहरुले बताएका छन्।
झन्डै एक वर्ष लगाएर मुआब्जा वितरणको वर्गीकरण प्रणाली तयार पारिसकेको बताउँदै मुआब्जा निर्धारण समितिका संयोजक तथा धादिङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुबेदीले भने, "हामीले दशैं अगाडि नै मुआब्जा दिने योजना बनाएका थियौं । त्यो सकिएन। अब हाम्रो लक्ष्य मंसिर लाग्न अगाडि नै वितरण शुरु गर्ने हो।"
आयोजना विकास समितिले मुआब्जा वितरण गर्नका लागि ११ तरिकाले जग्गा वर्गीकरण गरिसकिएको बताएको छ।
वर्गीकरण गरेका खेत, बारी, सडकसंग जोडिएका जग्गा, र बैकल्पिक सडक जोडिएका जग्गालाई कति रकम दिने भन्ने अहिलेसम्म निर्णय भएको छैन। तर त्यो छिट्टै नै गरिने तयारी भएको छ
तर कस्तो वर्गीकरणको जग्गालाई कति रकम दिने भन्ने निर्णय भने हुन बाँकी नै रहेको बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए।
पुनर्स्थापना
उनले भने, "वर्गीकरण गरेका खेत, बारी, सडकसंग जोडिएका जग्गा र वैकल्पिक सडक जोडिएका जग्गालाई कति रकम दिने भन्ने अहिलेसम्म निर्णय भएको छैन। तर त्यो छिट्टै नै गरिने तयारी भएको छ।"
प्रस्तावित १२ सय मेगावाट क्षमताको यो जलविद्युत आयोजना निर्माण गर्दा गोरखा र धादिङका २७ गाँउका ३५ सय बढी घरपरिवार विस्थापित हुने बताइएको छ।
उनीहरुको पुनर्वास र पुनर्स्थापनाका लागि ६१ अर्ब रुपैँया खर्च हुने अनुमान गरिएको छ।
तर हाल सरकारले मुआब्जा वितरणको लागि ५ अर्ब रुपैँया मात्र छुट्याएको छ।
बाँकी रकमका लागि सरकारको उच्च तहबाट बाचा दिइसकेकोले त्यसमा समस्या नहुने विश्वास आयोजनाका अधिकारीहरुको छ।BBC Nepali Service
गोरखा, १४ कात्तिक । गोरखाको बुंकोट गाविस वडा नं २ को लाखेडांडामा बसको ढोकाबाट खसेर आज बिहान उक्त बसका सहचालक १७ वर्षीय विकास परियारको मृत्यु भएको छ । गोरखाको फुजेलबाट सदरमुकाम तर्फ आउंदै गरेको ग.१.ख.२७८६ नम्वरको बस बाट खसेर फुजेल गाविस वडा नं २ घर भएका बसका सहचालक परियारको मृत्यु भएको गोरखाका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो । बस र चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाण्डौं, ८ कात्तिक । नेपाली फुटबलको अभिभावकीय संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ विजयी भएका छन् । एन्फाका कावा अध्यक्ष श्रेष्ठ अर्का प्रत्याशी कर्माछिरिङ शेर्पालाई पाँच मतको साँघुरो अन्तरले हराउँदै निर्वाचित भएका हुन् । जम्मा ६७ मत रहेकामा श्रेष्ठले ३६ तथा शेर्पाले ३१ मत पाएका थिए ।
त्यस्तै रिक्त वरिष्ठ उपाध्यक्षमा पनि श्रेष्ठ समूहकै मणि कुँवर विजयी भएका छन् । कुँवरले शेर्पा समूहका दीपक खाती र एकल उम्मेदवारी दिएका उपेन्द्रमान सिंहलाई पछि परेका थिए । जसमा कुँवरले ३४, खातीले २५ तथा सिंहले ८ मत प्राप्त गरेका थिए । एन्फाको रिक्त अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन सम्पन्न भएको हो । यसअघि करिब २० वर्ष एन्फाका अध्यक्ष रहेका गणेश थापा भ्रष्टाचारका मुद्दामा १० वर्ष निलम्बनमा परेपछि नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो । नयाँ नेतृत्वले डेढ वर्षको कार्यकाल सम्हाल्नेछ । विधानानुसार त्यसपछि चार वर्षको पूरा कार्यकालका लागि नयाँ निर्वाचन हुने बताइएको छ । थापालाई गत वर्ष विश्व फुटबल महासङ्घ (फिफा) ले भ्रष्टाचार मुद्दामा १० वर्ष निलम्बन गर्दै फुटबलको कुनै पनि गतिविधिमा समावेश हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।
काठमाडौं, ६ कार्तिक । कविता बाचन गर्दागर्दै कवि नेत्रमणि आचार्यको दुःखद निधन भएको छ । प्रर्दशनिमार्ग स्थित रहेको आर आर क्याम्पसमा साहित्य सन्ध्याले हरेक महिनाको पहिलो शनिबार आयोजना गर्ने र्सिजना वाचन कार्यक्रममा कवि नेत्रमणिले आचार्यले शार्दुलविक्रिडित छन्दमा अतितको सम्झना शिर्षकको कविता वाचन गरेर सिटमा बस्ने बित्तिकै बेहोस भएका थिए ।
बेहोस हुनेवित्तिकै नजिकै रहेको काठमाडौं मोडल अस्पताल भर्ना गरिएका कवि आचार्यलाई लाख कोसिस गर्दापनि बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
गोरखा स्थायि घर भएका ८७ बर्षिय कवि आचार्य रेडियो गोरखामा धार्मिक कार्यक्रमका प्रस्तोताको रुपमा काम गरिरहेको परिवारीक स्रोतले जानकारी दिएको छ । आचार्यका वुद्योत, मञ्जरी लगाएत करिव एक दर्जन पुस्तकहरू प्रकाशित छन् ।साहित्य सन्ध्याको कार्यक्रम कर्णाद महर्षि, बिनोद मन्जन, बलाराम तिमलसिना, भावना न्यौपाने, अमृता स्मृति, नारायण भण्डारी, डम्बर पहाडि लगाएत कविहरूको उपस्थिति थियो । आचार्यका तीन छोरा र तीन छोरी रहेका छन् ।reportersnepal

गोरखा,६कात्तिक । नयां शक्ति पार्टी नेपालका संयोजक डा.बावुराम भट्टराइले असनका सांढे झै लोकमानसिंह कार्की विरुद्ध महाअभियोग स्वभाविक भएको बताउंनुभएको छ ।
पार्टी कामको शिलशिलामा गृह जिल्ला गोरखा आउनुभएका डा.भट्टराईले शनिवार छेवेटारमा आयोजित पत्रकार भेटघाटमा अदालत र संसदीय सुनुवाई समिति लाई नटेर्ने लोकमानसिंह कार्की विरुद्ध सार्वभौम संसदले छानविन गरेर आवश्यक कारवाही गर्नुपर्ने बताउंनुभयो । अख्तियार जस्ता संस्थामा आयुक्त नियुक्त गर्दा दलगत भागवण्डामा नभई संसदले नै लोकपालका रुपमा नियुक्त गर्नुपर्ने समेत पूर्व प्रधानमन्त्री एवं नयां शक्ति पार्टी नेपालका संयोजक डा.बावुराम भट्टराईको भनाई छ ।
गोरखा,५ कात्तिक । राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटा भ्रष्टहरुले मात्र सुचना लुकाउने दाबी गर्नुभएको छ ।
गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख आयुक्त बास्कोटाले सुरक्षा लगायत केही अपवाद बाहेक अवको समाजमा कुनै पनि कुरा गोप्य नहुने तर्क गर्दै सुचना हक कार्यान्वयन सबै कर्मचारीको कर्तव्य भएको बताउँनुभयो । लिखित रुपमा नागरिकले सुचना माग्ने संस्कार विकास नभएकोले पनि अझै सम्म सामान्य सुचनाबाट समेत आम नागरिक वञ्चित हुने अवस्थाको सृजना भएको पनि वहाँको भनाई छ । आवश्यक सुचना सार्वजनिक गर्दा सुचना चुहावट भयो भनेर कुनै पनि कर्मचारी लाई कारवाही नहुने समेत प्रमुख आयुक्त बास्कोटाले ठोकुवा गर्नुभयो ।
काठमाडौं ,१ कात्तिक । नेपाल टेलिकमले अगामी पुसदेखि काठमाडौं र पोखराको मुख्य शहरी क्षेत्रमा ‘फोर-जी’ सञ्चालन गर्ने भएको छ । फोर-जी चलाउन टेलिकमले तयार गरेको रोलआउट प्लानमा मंसिर ३० गतेदेखि फोर-जी सञ्चालन गर्ने तय गरिएको हो ।
दूरसञ्चार प्राधिकरणले उपलब्ध गराउने १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमार्फत पहिलो चरणमा नेपालका दुई मुख्य शहरमा फोर-जी डाटा सर्भिस सञ्चालन गर्ने गरी योजना बनाएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।टेलिकमले बनाएको यो योजना आइतबार नै दूरसञ्चार प्राधिकरणमा पेश गरिसकेको वैद्यले बताइन् ।तर, फोर-जी कति स्पीडको हुने भन्ने विषय भने टेलिकमले सार्वजनिक गरेको छैन । सेवा सञ्चालनमा आएपछि मात्रै यो विषयमा जानकारी दिने बैद्यले बताइन् ।सामान्यतः फोर-जी अपलोड ५० एमबीपीएस र डाउनलोड प्रतिसेकेन्ड १०० एमबीपीएसमा हुने उनको भनाइ छ ।‘टेलिकमले यसअघि नै फोर-जी सञ्चालनको लागि आवश्यक उपकरण खरिद गरिसकेको छ’ उनीले भनिन् ‘अब प्राधिकरणले फ्रिक्वेन्सी उपलब्ध गराएपछि आवश्यक केही कार्ड खरिद गर्नमात्र बाँकी छ ।’यसअघि असोज १६ गते नेपाल दूरसञ्चार प्राधिकरणले फोर-जी सञ्चालनको लागि नेपाल टेलिकमसँग विस्तृत कार्ययोजना माग गरेको थियो ।प्राधिकरणले फोर-जी सञ्चालन गर्दा कसरी, कुन अवस्थामा, कहिलेदेखि सञ्चालन गर्ने भन्दै टेलिकमसँग रोलआउट प्लानका लागि पत्राचार गरेको थियो ।प्राधिकरणले फोर-जी सञ्चालनको अनुमति दिनसाथ टेलिकमले सेवा दिन सक्ने गरी तयारी अवस्थामा रहेको बताएको छ ।फोरजी ब्रोडब्याण्ड इन्टरनेट थ्रीजीभन्दा तिब्र गतिको हुने र यसले मोबाइल फोनबाट इन्टरनेट प्रयोग गर्ने उपभोक्तालाई फोटो तथा भिडियो अपलोड गर्न तथा हेर्न सहज हुने टेलिकमले बताएको छ ।
गोरखा,१कात्तिक । मनास्लु हिमाल आरोहण गर्न गएका एक जापानी नागरिक ११ दिन देखि वेपत्ता छन । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा असोज २१ गते चौथो शिविर नजिक फोटो खिच्ने क्रममा चिप्लीए खसे पछि टिआरटी ६६२१०७ नम्वरको राहदानी वाहक जापानी नागरिक २३ वर्षीय हिरोताका ओहोदेरा वेपत्ता रहेको सामागाउं प्रहरी चौकी लाई उद्धृत गर्दै गोरखाका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार कम्सोट्रेक ट्रेकिङ्ग कम्पनीबाट आरोहणका लागि ६ जना गएको मध्ये २ जनाले मात्र आरोहण पूरा गरेका थिए भने ४ जना अक्सीजन अभावमा बेसक्याम्प फर्किएका थिए । हराई जापानी नागरिक अभावले हेलिकप्टर लिएर ३ पटक खोजी गरिसकेको भएता पनि अहिले सम्म फेला परेको छैन । ८ हजार एकसय ६३ मिटर अग्लो मनास्लु हिमालललाई किलर माउण्टेनको रुपमा पनि चिनिन्छ ।
गोरखा, ३० असोज ।ओम डेभलपमेन्ट बैंक लि. र मनास्लु विकास बैंक लि. मर्जरमा जानको लागि सैद्धान्तिक सहमति गरेका छन् । मर्जरपछि बैंकको चुक्ता पुंजी १ अर्ब ३३ करोड, निक्षेप १३ अर्ब ९८ करोड , कर्जा १२ अर्ब ६१ करोड पुग्नेछ भने ३६ वटा शाखा हुने छन् ।ओम डेभलपमेन्ट बैंक लि।को प्रधान कार्यालय पोखरा र मनास्लु विकास बैंक लि।को प्रधान कार्यालय गोर्खामा रहेको छ । मर्जर पछि बैंकको प्रधान कार्यालय पोखरामा रहनेछ । हालसालै ओमको सञ्चालक समितिले २९।२० प्रतिशत बोनश शेयर र मनास्लुको सञ्चालक समितिले बोनस र करसहित १८।९५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंक र साधारण सभाले दुबै संस्थाको बोनश शेयर पारित भएपछि मर्जरपछि बैंकको चुक्ता पुंजी १ अर्ब ६८ करोड पुग्नेछ ।सैद्धान्तिक सहमति अनुसार मर्जरपछि बैंकको नाम ओम डेभलपमेन्ट बैंक लि. रहनेछ । मर्जरपछि बैंकको अध्यक्षमा ओम डेभलपमेन्ट बैंक लि. अध्यक्ष सुशिल कुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा ओम डेभलपमेन्ट बैंक लि. का बिश्व मोहन अधिकारी र नायव प्रमुख कार्यकारी अधिकृतमा ओम डेभलपमेन्ट बैंक लि.का बुद्धि मल्ल र सहायक महाप्रवन्धकमा मनास्लु विकास बैंक लि.का निमित्त महाप्रवन्धक दुर्गा राम पुरी रहनेछन् ।
गोरखा ,२७ असोज ।गोरखाको मकैसिङ्ग गाविसको कोहलडांडामा ट्रक दुर्घटना हुदा ४ जना घाइते भएका छन । दुर्घटनामा परेर रमिता श्रेष्ठ ,रिता श्रेष्ठ ,सानुकान्छा गुरुङ्ग र मिरा गुरुङ्ग घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मकैसिङ्ग गाविस वडा नं ७ बाट वडा नं २ तर्फ गइरहेको २५ यात्रु बोकेको बा.२.ख.६८३१ नम्वरको ट्रक कच्ची सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका मध्ये सानुकान्छा गुरुङ्ग र मिरा गुरुङ्ग लाई काठमाण्डौं र रमिता श्रेष्ठ थप उपचारका लागि काठमाण्डौं पठाएको छ । अन्य घाइतेहरु स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि घर फर्किएका छन । चालक लाई प्रहरी नियन्त्रणमा लिएको छ ।
गोरखा, २१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपाली संघ (एनआरएन)को लगानीमा गोरखाको लाप्राकमा निर्माण हुने एकीकृत नमुना वस्तीको शिलान्यास गर्नुभएको छ ।
हेलिकोप्टरबाट लाप्राक पुग्नुभएका प्रधानमन्त्री दाहालले नमुना वस्तीको शिलान्यास गर्दै गैरआवासीय नेपाली संघको सहयोगमा लाप्राकको नमुना बस्ती निर्माणले देश लाई नै नयां सन्देश समेत दिने बताउंनुभयो । भूकम्पले गाउं नै जोखिममा परे पछि बस्ती सरेर लाप्राक गाविसको गुप्सीपाखामा बस्दै आएको भूकम्पपीडितका लागि एनआरएनले ६ सय घर बनाइदिने भएको हो । अहिले बस्दै आएको गुप्सीपाखामा ४ सय ४४ घर बन्ने र बाँकी एकसय ५० घरका लागि नयां ठाउँ खोज्नुपर्ने अवस्था रहेको स्थानीयको भनाई छ । प्रधानमन्त्री संगै कार्यक्रममा नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीले , एनआरनका अध्यक्ष शेष घले सहित एनआरएन पदाधिकारीहरुको पनि सहभागीता रहेको थियो ।
काठमाण्डौं ,१५ असोज । अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका गोरखा संवाददाता शिव प्रसाद उप्रेती सर्वाेकृष्ट पत्रकार सम्मानबाट सम्मानित हुनुभएको छ ।
तस्वीर :अन्नपूर्ण
नेपाल पत्रकार महासंघ गोरखाका उपाध्यक्ष एवं अन्नपूर्ण पोष्ट दैनिकका गोरखा संवादाता शिव प्रसाद उप्रेती लाई एपी वान टेलिभिजन ,अन्नपूर्ण टुडे म्यागजिन र अन्नपूर्णको अंग्रजी अनलाइन संस्करण शुभारम्भको अवसरमा सहित ६ जना सम्मानित भएको हो ।
‘सर्वोत्कृष्ट काटुनिस्ट सम्मान’बाट बासु क्षितिज सम्मानित भए भने ‘सर्वोत्कृष्ट पत्रकार’ सम्मानबाट बरिष्ठ उपसम्पादक राजेश बर्मा, जिल्ला संवाददाता मनिका झा र शिवप्रसाद उप्रेती भएका हुन ।
कर्मचारीतर्फ वितरण शाखाका रमेश घोरासइनी र रामचन्द्र कार्कीले ‘सर्वोत्कृष्ट कर्मचारी’ सम्मान प्राप्त गरेका छन । नगद २५ हजार सहित सम्मानित पत्रकार तथा कर्मचारीहरु लाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले सम्मान प्रदान गर्नुभएको हो ।
गोरखा, १३
असोज । गोरखाको बक्राङ्ग गाविस वडा नं. ८ स्थित च्यामपाटामा जीप दुर्घटना हुदा जीपमा सवार स्थानीय २६ वर्षीय मेघ बहादुर गुरुङ्ग मृत्यु भएको छ । मनकामना बाट गोरखा तर्फ आउंदै गरेको बा ९ च ७५४९ नम्बरको बोलेरो जिप बे्रके फेल भएर सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा चालक भुबनबहादुर राना र गुरुङ मात्रै जिपमा सवार रहेकोमा चालक पनि घाईते भएको प्रहरीले जनाएको छ
।
मनकामना(गोरखा), १३ असोज । गोरखाको मनकामना पुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले मनकामना मन्दिरमा विशेष पुजा गर्नुभएको छ ।
पुजा पछि मनकामना गाविसले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी उपस्थित स्थानीय लाई सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण सरकारको कर्तव्य भएकोले मनकामना मन्दिर पुर्ननिर्माणमा बजेट अभाव हुन नदिने विश्वास व्यक्त गर्नुभयो ।प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र मनकामनाको विकास निर्माण संग सम्वन्धित विभिन्न समस्या सहितको माग पत्र स्थानीयको तर्फबाट मनकामना गाविस सचिव नारायण सापकोटाले राष्ट्रपति समक्ष बुझाउनुभएको थियो । नेपाली सेनाको हेलिकप्टरबाट मनकामना पुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारी बिहीवार नै काठमाण्डौं फर्कनुभएको छ ।













