गोरखा,२२ कात्तिक । विभिन्न स्वायत्त र संरक्षित क्षेत सहित गोरखामा २ नगरपालिका र ९ गाउँपालिका रहने गरी ११ वटा स्थानीय तह बनाउने सहमति भएको छ । स्थानीय पुर्नसंरचना जिल्ला प्राविधिक सहयोग समितिको बैठकले मुस्लिम र कुमाल संरक्षित क्षेत्र हुने गरी गोरखा नगरपालिकामा देउराली र बुंकोट गाविस लाई गाभ्ने निर्णय गरेको छ । त्यस्तै पालुङटार नगरपालिकामा मिरकोट ,धुवाँकोट र खोप्लाङ्ग गाविस लाई गाभ्ने निर्णय गरेको छ । यसैगरी भोटेलामा स्वायत्त क्षेत्रका रुपमा सिर्दीवास रहने गरी चुमनुब्री गाउँपालिका ,तमु स्वायत्त क्षेत्रका रुपमा गुम्दा केन्द्रका रहने गरी धार्चे गाउँपालिका ,आरुचनौटे केन्द्र रहने गरी आरुघाट गाउँपालिका ,ताकुकोट केन्द्र रहने गरी सुलिकोट गाउँपालिका, बराम संरक्षित क्षेत्रका रुपमा वगुवा केन्द्र रहने गरी भीमसेन गाउँपालिका ,मगर स्वायत्त क्षेत्रका रुपमा घैरुङ्ग केन्द्र रहने गरी शहिद लखन थापा गाउँपालिका ,चेपाङ संरक्षित क्षेत्रका रुपमा भुम्लीचोक केन्द्र रहने गरी गण्डकी गाउँपालिका ,छोप्राक केन्द्र रहने गरी सिरानचोक गाउँपालिका र तामाङ ,भुजेल संरक्षित क्षेत्रका रुपमा भच्चेक केन्द्र रहने गरी अजिरकोट गाउँपालिका बनाउने खाँकामा सहमति भएको छ ।
गोरखाको स्थानीय तह निर्माणका क्रममा कुन गाविस कहाँ परेको छ जान्नका लागि तलका तालिका हेर्न सकिन्छ ।
गोरखा मनकामना आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी लाई स्वागत गर्ने क्रममा गोरखाका प्रमुख अधिकारी नारायण प्रसाद भट्ट ।
तस्वीर:गोरखाखबर
तस्वीर:गोरखाखबर
पुल नहुदा गोरखाको भुम्लीचोकबाट विद्यालय जान त्रिशुली नदी माथीको तुइन तरेर आउँदै गरेका विद्यार्थीहरु ।
तस्वीर : गोरखा खबर
तस्वीर : गोरखा खबर
भजन गाउँदै गोरखाको विरेन्चोक स्थित समूह । संस्कृति लोप हुन थाले पछि यहाँका बुढापाकाहरु भजन संस्कृति जोगाउन लागेका छन ।
तस्वीर : गोरखा खबर
तस्वीर : गोरखा खबर
गोरखाको बुंकोट गाविस स्थित पोखरीडांडामा भूकम्पले घर भत्किए पछि अस्थायी टहरामा बसिरहेका एक बृद्ध दम्पत्ति । वर्षा शुरु भइसक्दा पनि टहराको बसाईले वृद्धवृद्धाको दैनिकी कष्टकर बनेको छ ।
गोरखाको केरौंजामा मंगलवार पहिरोमा परेर घाइते भएका ३ जना लाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौं पु-याए पछि अस्पताल लैजाने क्रममा । केरौंजा गाविस वडा नं ३ मा पहिरोमा पुरिएर ३ जनाको मृत्यु हुनका साथै ३ जना नै घाइते भएको थियो ।
तस्वीर सौजन्य : नेपाली सेना
तस्वीर सौजन्य : नेपाली सेना
तस्वीर : गोरखाखबर
गोरखाको मोर्डन इङ्गलीश बोर्डिङ्ग स्कुलमा बुधवार आयोजित एक सांगीतिक कार्यक्रममा स्कुलका बालबालिका संग सिल्फी तस्वीर खिच्दै गायिका आनी छोइङ डोल्मा
तस्वीर : गोरखाखबर
गोरखाको लाप्राकमा भूकम्पबाट घरहरु भत्किएर छानो विहीन बने पछि सोही गाविसको गुप्सीडाँडामा पाल टाँगेर बस्दै आएका स्थानीयहरु
तस्वीर : गोरखाखबर
तस्वीर : गोरखाखबर
भूकम्पको क्षति व्यहोरेको दुई महिना पनि नपुग्दै वर्षा संगै असार ११ गते सांझ देखि पहिरो जान थाले पछि केरौंजाका गाउंहरु जोखिममा परेको छ ।
तस्वीर : गोरखाखबर
तस्वीर : गोरखाखबर
गोरखाको बगुवा गाविस स्थित भूकम्पले भत्कीएको शान्ति उच्च माविको भवनमा पढ्दै गरेका विद्यार्थीहरु
तस्वीर : गोरखाखबर
महाभूकम्पको केन्द्रविन्दु स्थल गोरखाको बारपाकमा भत्किएको घरको सामान हटाउँदै स्थानीय र बालबालिकाहरु / तस्वीर : गोरखाखबर
गोरखाको मनकामना स्थित मनकामना एफ.एम.को दोस्रो वार्षिकोत्सवको अवसरमा मंगलवार आयोजित कार्यक्रममा गीत गाउंनुहुदै गायक मिलन लामा
तस्वीर : गोरखाखबर
तस्वीर : गोरखाखबर
उर्जा मन्त्री राधा ज्ञवाली सहितको टोलीको स्थलगत भ्रमणका क्रममा शुक्रवार बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण स्थल घ्याल्चोकमा मन्त्री ज्ञवालीलाई अध्ययनको नक्सा देखाउंदै ट्रयाक्टवेल इन्जीनियरिङका प्रतिनिधि ।
तस्वीर : गोरखाखबर
जिविस गोरखाको आठौं परिषदको निर्णय सार्वजनिकीकरण पूर्व निर्धारित समारोह प्रमुख अतिथि विवादको कारण हुन नसके पछि शनिवार राजनितिक परामर्श समितिका सदस्य ,विषयगत सरकारी कार्यालय तथा संघसंस्थाको प्रतिनिधिहरुको उपस्थितीमा पत्रकार सम्मेलन मार्फत स्थानीय विकास अधिकारी प्रेमराज गिरीले सार्वजनिक गर्नुभएको छ ।
तस्वीर : गोरखाखबर
गोरखाको उत्तरी दुर्गम गाविस छेकम्पारमा फेज नेपाल नामक संस्थाले १०५ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित ¥यालीमा नपग्लिएको हिउंको बाटो हिडेर सहभागी हुदै स्थानीय महिलाहरु ।
तस्वीर : गोरखाखबर
गोरखाको उद्योग संघको ४२ औं स्थापना दिवसको अवसरमा बजारमा सरसफाई गर्दै संघका सदस्यहरु ।
तस्वीर : गोरखाखबर
गोरखाको हरमटारी स्थित अन्नपूर्ण इङ्गलीश बोर्डिङ्ग स्कुलमा आयोजित अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रममा शुक्रवार राष्ट्रिय झण्डा बोकेर नृत्य गर्दै विभिन्न जातजातिका पोशाक लगाएका छात्राहरु ।
तस्वीर : गोरखाखबर
तस्वीर : गोरखाखबर

















