Abroad,
Artical,
Business,
Education,
Entertainment,
Interview,
Literature,
Main News,
National,
Politics,
Sports,
Technology
»
टुक्रा-टुक्रा पार्न मिल्ने गुगलको नयाँ स्मार्टफोन
टुक्रा-टुक्रा पार्न मिल्ने गुगलको नयाँ स्मार्टफोन
कल्पना गर्नुस् त, यस्तो स्मार्टफोन होस् जसलाई बच्चाले खेलौना जोडेजस्तो टुक्राटुक्रा जोडेर चलाउन सकियोस् ।
आजकल सूचना प्रबिधिको गति यति तिब्र छ कि तपाईले कहिलेकाहीँ कल्पनासमेत गर्न नसक्ने चिजको आबिस्कार भइसकेको हुन्छ ।
गुगलले यो वर्ष नयाँ फोन बजारमा ल्याउने योजना बनाएको छ, जुन फोनलाई टुक्रा-टुक्रा पारेर बोक्न सकिनेछ । आवश्यक पर्दा यसको कुनै एक भाग मात्र फेर्न सकिन्छ ।
यो प्यूर्टो रिकोमा पहिलो पटक परिक्षणका रुपमा बजारमा पठाइनेछ । बजारको मागअनुसार अन्यत्र पनि पठाउन सकिनेछ ।
आफ्नो फोनलाई रुची अनुसार प्रयोग गर्न चाहनेहरुका लागि उपयुक्त हुने कम्पनीको दावी छ ।
google phone 2 यो फोनबारे घोषणा गरिएको भिडियो ‘प्रोजेक्ट एरा’मा गुगलले भनेको छ- यसको उद्देश्य जोसँग अहिले पनि स्मार्टफोन छैन, उनीहरुमाझ यो फोन लोकप्रिय बनाउन हो ।’
यो फोनको क्यामेरा, स्पीकर, व्याट्री, डिस्प्ले, एप्लिकेशन प्रोसेसर, वायरलेस कनेक्टिभिटी, ब्लड सुगर मोनिटर, जेलर प्वाइन्टर चुम्बकले जोडिएको हुन्छ र आवश्यक परेको बेला फेर्न सकिनेछ । तर, यो स्मार्टफोन शौखिन मानिसहरुका बीचमा पनि लोकप्रिय हुनसक्छ वा आम मानिसमा भन्ने प्रश्न रहेको गार्टनर कन्सल्टेन्सीका विशेषज्ञ जोन इरेन्सनले बताए ।
प्रोजेक्ट एराका निर्देशकका अनुसार यो फोनमा थ्री जी मोडेम हुनेछ र यो एन्टेनाको सहयोगमा पनि चल्नेछ ।
Labels:
Abroad,
Artical,
Business,
Education,
Entertainment,
Interview,
Literature,
Main News,
National,
Politics,
Sports,
Technology
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments