सिम्रेडाँडा सामुदायिक वनमा परियार
Published Date :- January 31, 2015  On  |

गोरखा ,१७ माघ । गोरखा नगरपालिका वडा नं ११ स्याउली स्थित माझीखोला तथा सिम्रेडाडाँ सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा हित बहादुर परियार चयन हुनुभएको छ । समितिको आज सम्पन्न २२ औं साधारणसभाले समितिको उपाध्यक्षमा राधिका पन्त ,सचिवमा धनजीत पन्त ,सहसचिवमा कमला केसी ,कोषाध्यक्षमा सुमित्रा अर्याल र सदस्यहरुमा सानु बि.क.,रघुनाथ अर्याल,पार्वती खनाल ,राममाया कुमाललाई चयन गरेको छ । त्यस्तै साधारणसभाले भगवति बि.क.,सरिता रोका ,भुवन परियार रहेको अनुगमन समिति र हरि प्रसाद अर्याल ,छन्द प्रसाद अर्याल ,चन्द्रकान्त संग्रौला ,तुलसी बहादुर पन्त र सन्तोषी केसी रहेको सल्लाहकार समिति समेत चयन गरेको छ ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....