अब मूलूक स्थायित्व र विकास तर्फ अघि बढ्ने राष्ट्रपति यादवको विश्वास
गोरखा ,२६ जेठ । राष्ट्रपति डा.रामबरण यादवले राष्ट्र एक ठाउंमा आइपुगेकोले मूलूक अव स्थायित्व र विकास तर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । भूकम्प पछि अवस्था बारे अवलोकन गर्न मंगलवार गोरखा आउनुभएका राष्ट्रपति डा.यादवले संकल्प प्रस्ताव पारित गरेर दलहरु एकजुट भएकोले सहमतिमा संविधान निर्माण मार्फत मूलूकले छिट्टै निकास पाउने पनि तर्क गर्नुभयो ।
गोरखा सदरमुकामको नाम्जालीडांडा स्थित सेनाको भैरबी दल गणमा प्रमुख जिल्ला अधिकारी उद्धव प्रसाद तिमल्सेना र गणका गणपति प्रेम बहादुर थापाले भूकम्प पछिको क्षति ,उद्धार र राहत बारे जानकारी गराए पछि राष्ट्रपति डा.यादवले म्यापिङ्ग गरेर ,भूगर्भ बुझेर त्यस अनुसार पुर्ननिर्माणमा जान समेत आग्रह गर्नुभयो । राष्ट्रपति यादव संगै गोरखा आउनुभएका अर्थमन्त्री डा.रामशरण महतले राहतको अवधि लगभग अन्तिम चरणमा पुगेकाले अव पुर्ननिर्माण लागि मात्र सरकारले रकम उपलब्ध गराउने जानकारी दिनुभयो । हेलिकप्टरबाट आउनुभएका राष्ट्रपति डा.यादव सहितको टोलीले गोरखाको सौरपानी गाविसको स्थलगत अवलोकन गर्नुभएको छ । राष्ट्रपति डा.यादव संगै अर्थमन्त्री रामशरण महत ,सदभावना आनन्ददेवीका राजेन्द्र महतो र नेकपा संयुक्तका चन्द्रदेव जोशी पनि आउनुभएको थियो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments