जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य भट्टराईको निधन
गोरखा ,३ भदौं । गोरखाका पुराना कम्युनिष्ट नेता ओजराज भट्टराईको बिहीवार बिहान निधन भएको छ । एमालेका पूर्व केन्द्रीय सल्लाहकार समेत रहनुभएका गोरखा पालुङटार नगरपालिका निवासी भट्टराईको ७९ वर्षको उमेरमा ललितपुर स्थित अल्का अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
वहां ब्लड क्यान्सर रोग बाट पीडित हुनुहुन्थ्यो । भट्टराईको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । एमाले हुनुपूर्व भट्टराई मानन्धर समूहको पोलिटव्युरो सदस्य रहनुभएका भट्टराई एमाले गोरखाको सचिव ,केन्द्रीय सल्लाहकार हुदै पछिल्लो समय जेष्ठ कम्युनिष्ट मञ्चको सदस्य हुनुहुन्थ्यो । यसैबीच एमाले गोरखाले प्रेस विज्ञप्ती प्रकाशित गरेर भट्टराई निधन प्रति दुःख व्यक्त गरेको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments