Sports
»
लिग फुटबलमा पुलिस पराजित
लिग फुटबलमा पुलिस पराजित
काठमाडौं, १२ माघ । राष्ट्रिय लिग फुटबलमा लुम्बिनी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । दशरथ रङगशालामा लुम्बिनीले सोमबार नेपाल पुलिस क्लबलाइ १–० ले हराउँदै विजयी सुरुवात गरेको हो । लुम्बिनीलाई जिताउन ८५ औं मिनेटमा अमिर श्रेष्ठले गोल गरे । पोखरा कप र सिमरा गोल्डकपमा निकै फर्ममा देखिएको पुलिस राष्ट्रिय लिगमा भने आफ्नो पहिलो खेलमै पराजित भएको हो ।पुलिस जुमनु राई र रबिन श्रेष्ठबिनै मैदान उत्रिएको थियो । प्रतियोगितामा बुधबार थ्री स्टार क्लब र सूदुर पश्चिमाञ्चल फुटबल क्लबबीच खेल हुनेछ ।
Labels:
Sports
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments