बसबाट खसेर सहचालकको मृत्यु
गोरखा, १४ कात्तिक । गोरखाको बुंकोट गाविस वडा नं २ को लाखेडांडामा बसको ढोकाबाट खसेर आज बिहान उक्त बसका सहचालक १७ वर्षीय विकास परियारको मृत्यु भएको छ । गोरखाको फुजेलबाट सदरमुकाम तर्फ आउंदै गरेको ग.१.ख.२७८६ नम्वरको बस बाट खसेर फुजेल गाविस वडा नं २ घर भएका बसका सहचालक परियारको मृत्यु भएको गोरखाका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो । बस र चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments