मनास्लुमा एक जापानी आरोही वेपत्ता
Published Date :- October 17, 2016  On  |

गोरखा,१कात्तिक । मनास्लु हिमाल आरोहण गर्न गएका एक जापानी नागरिक ११ दिन देखि वेपत्ता छन । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा असोज २१ गते चौथो शिविर नजिक फोटो खिच्ने क्रममा चिप्लीए खसे पछि टिआरटी ६६२१०७ नम्वरको राहदानी वाहक जापानी नागरिक २३ वर्षीय हिरोताका ओहोदेरा वेपत्ता रहेको सामागाउं प्रहरी चौकी लाई उद्धृत गर्दै गोरखाका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार कम्सोट्रेक ट्रेकिङ्ग कम्पनीबाट आरोहणका लागि ६ जना गएको मध्ये २ जनाले मात्र आरोहण पूरा गरेका थिए भने ४ जना अक्सीजन अभावमा बेसक्याम्प फर्किएका थिए । हराई जापानी नागरिक अभावले हेलिकप्टर लिएर ३ पटक खोजी गरिसकेको भएता पनि अहिले सम्म फेला परेको छैन । ८ हजार एकसय ६३ मिटर अग्लो मनास्लु हिमालललाई किलर माउण्टेनको रुपमा पनि चिनिन्छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....