काँग्रेस संगको ९ बुँदे अवधारणा गल्ती –एमाले नेता नेपाल
Published Date :- January 26, 2015  On  |

काठमाण्डौं ,१२ माघ । एमाले नेता माधव कुमार नेपालले संविधानका विवादित विषयमा कांग्रेस संग ९ बुंदे अवधारणा निर्माण गर्नु गल्ती भएको बताउँनुभएको छ । 
प्रेस चौतारी नेपालले काठमाण्डौंमा गरेको कार्यक्रममा बोल्दै एमाले नेता नेपालले ९ बुंदे अवधारणा निर्माण गरेको कारण सत्तापक्ष र विपक्षी दल बीचको दुरी बढेको तर्क गर्नुभयो । एकीकृत माओवादी सहितका विपक्षी दल संग सहमतिको सम्भावना रहदारहदै नौ बुंदे अवधारण ल्याउनु हतार भएको प्रसङ्ग उल्लेख गर्दै नेता नेपालले राज्यको शासकीय स्वरुपमा एकीकृत माओवादी फरक मत राखेर अघि बढ्न तयार रहेकोले अझै पनि सहमतीको सम्भावना नसकिएको बताउंनुभयो । गत कात्तिक १६ गते काँग्रेस र एमाले ७ प्रदेश सहितको ९ बुँदे अवधारणा ल्याएको थियो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....