पूर्वप्रधानमन्त्री थापाको राजकीय सम्मानका साथ अन्त्येष्टि
Published Date :- April 16, 2015  On  |

काठमाण्डौं,३ बैशाख ।दिगंवत भएका राप्रपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । उपचारका क्रममा गएराति दिल्लीमा निधन निधन भएको थियो ।
 राप्रपा केन्द्रीय कार्यसमितिको बिहीबार बिहान बसेको बैठकले थापाको पार्थिव शरीरलाई विहीबार मालीगाउँस्थित निवासमै राख्ने निर्णय गरेको छ । शुक्रबार १० देखि १२ बजेसम्म पार्टी कार्यालय चावहिल र त्यसपछि दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ ।दिवङ्गत थापाको सम्झनामा पार्टीले १३ दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ । राप्रपा सहप्रवक्ता किरण गिरीका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले थापाको अन्त्येष्टिमा राजकीय सम्मान दिने बताएका छन् । थापाको शुक्रबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । पाँच पटक प्रधानमन्त्री भएका थापाका एक छोरा र तीन छोरी छन् ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....