पूर्व प्रधानमन्त्री थापाको निधनको शोकमा सार्वजनिक विदा
Published Date :- April 16, 2015  On  |

काठमाण्डौं,३ बैशाख ।पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा सरकारले शुक्रबार सार्वजनिक विदा दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटरामा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले थापाको निधनको शोकमा सार्वजनिक विदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।मन्त्रिपरिषद बैठकले राष्ट्रिय झण्डा एक दिन आधा झुकाउने निर्णय पनि गरेको छ । यस्तै स्वदेश तथा विदेशमा रहेका सबै कुटनीतिक नियोगमा पनि एक दिन विदा दिने निर्णय गरेको छ ।पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता थापाको बुधबार राति उपाचारको क्रममा नयाा दिल्लीमा निधन भएको थियो । थापाको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....