कसमसको त्रैमासिकको सञ्चालन मुनाफा एक करोड बढी
Published Date :- April 16, 2015  On  |

गोरखा , ३ बैशाख । गोरखामा प्रधान कार्यालय रहेको कसमस डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको गत त्रैमासिकमा एक करोड ८० हजार ६४ रुपियां सञ्चालन मुनाफा कमाएको छ । 
कसमस बैंकले आज गरेको पत्रकार भेटघाट तथा नववर्ष शुभकामना आदान कार्यक्रममा बैंकका कार्यकारी अधिकृत ह्रदयराज घिमिरेले जानकारी दिनुभयो । कूल १४ हजार ग्राहक संख्या रहेको बैंककको चुक्ता पुंजी ४ करोड ३७ लाख ५० हजार र अधिकृत पुंजी ७ करोड रहेको छ । यस बैंकको विभिन्न शीर्षकका १४ प्रकारका खाता रहेकोछ । कसमस डेभलपमेन्ट बैंकले गोरखा सदरमुकाम बाहेक पालुङटार ,आरुघाट र घ्याम्पेसालमा शाखा कार्यालय र छेवेटारमा एक्टेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा सञ्चालन गर्दै आएको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....