पूर्वप्रधानमन्त्री डा.भट्टराईको क्षेत्र विकास खाका
Published Date :- April 14, 2015  On  |

गोरखा ,१ बैशाख । नयां वर्षको उपलक्ष्यमा पूर्व प्रधानमन्त्री एवं गोरखा क्षेत्र नं १ का सभाषद डा.बावुराम भट्टराईले आफू निर्वाचित भएको क्षेत्रमा विकासका लागि निति तथा कार्यक्रम पेश गर्नुभएको छ । 
प्रत्येक महिना गोरखा आउने प्रतिवद्धता लाई निरन्तरता दिदै आउनुभएका पूर्व प्रधानमन्त्री एवं गोरखा क्षेत्र नं १ का सभाषद डा.बावुराम भट्टराईले आज सदरमुकाममा एक कार्यक्रमको आयोजना गरेर ध्येय, लक्ष्य , उद्देश्य , रणनिति तथा दीर्घकालीन कार्यनिति सहित अल्पकालीन र दीर्घकालीन कार्यनिति सहित निर्वाचन क्षेत्रीय विकास योजना सार्वजनिक गर्नुभएको हो । नयां वर्षको २०७२ को उपलक्ष्यमा सभाषद डा.बावुराम भट्टराईद्वारा घोषित निति तथा कार्यक्रम शीर्षक दिइएको सो विकास खाकामा चेपाङ सुमदाय लगायतलाई राहत उपलब्ध गराउने ,त्रिशुली झोलुङ्गे पुल निर्माण ,चेपाङ समुदाय विकास ट्रष्टको स्थापना गर्ने ,विभिन्न व्यवसायिक तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने ,जेष्ठ नागरिक ,महिला ,दलित तथा चेपाङ समुदायलाई निशुल्क कानुनी सेवा , नियमित स्वयमसेवी अभियान सञ्चालन गर्ने र विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने रहेको छ । कार्यक्रममा विभिन्न संघ संस्था तथा पेशामा आवद्ध व्यक्तिहरुको सहभागीता रहेको थियो ।

, ,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....