खाद्य सवाल तथा किसान अधिकारबारे अन्तरक्रिया
Published Date :- January 26, 2015  On  |

गोरखा ,१२ माघ । कृषि तथा खाद्यको वर्तमान सवाल तथा साना किसानहरुको अधिकार विषयक एकदिने अन्तरक्रिया कार्यक्रम गोरखामा सम्पन्न भएको छ । फरेष्ट एक्सन नेपालको आर्थिक सहयोग र तुलसी मेहर युनेस्को क्लवको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी किसानहरु हरुले सरकारले व्यवस्था गरेको नितिहरुको समेत कार्यान्वयनको अभावमा किसान पाएको अधिकारबाट समेत वञ्चित हुनुपरेको गुनासा गरेका छन ।फरेष्ट एक्सन नेपालका कमल भण्डारीले सहजीकरण गर्नुभएको सो अन्तरक्रिया कार्यक्रममा एमालेका कार्यबाहक अध्यक्ष बिश्वेश्वर कट्टेल, एकीकृत माओबादीका जिल्ला सदस्य रामवहादुर ढकाल, राप्रपा नेपालका जिल्ला सचिव सुदीप ढकाल, संघीय समाजबादी पार्टीका जिल्ला सुकदेव तामाङ्ग, कृषि विकास कार्यालयका बागबानी अधिकृत विष्णु कुमार श्रेष्ठ ,नेपाल पत्रकार महासंघ गोरखाका कोषाध्यक्ष प्रशन्न पोखरेल लगायतले बोल्नुभएको थियो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....