Business
»
प्रधानमन्त्री कोषमा कसमस बैंकको सहयोग
प्रधानमन्त्री कोषमा कसमस बैंकको सहयोग
गोरखा ,२६ जेठ । गोरखा सदरमुकाम हरमटारीमा प्रधान कार्यालय रहेको कसमस डेभलपमेन्ट बैंक लिमिटेडले भुकम्पबाट पिडितको राहतका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा १ लाख १ हजार एकसय रुपियां जम्मा गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत हृदयराज घिमिरेले जानकारी दिनुभयो ।
गत बैशाख १२ गतेकोे बिनासकारी भुकम्पबाट पिडितको राहतका लागि बैंकको संचालक समितिको तर्फबाट २२हजार ५ सय ,कर्मचारीको तर्फवाट रु. २५हजार ३ सय र वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व खर्च शिर्षक तर्फवाट ५३ हजार २ सय ११ गरी जम्मा एकलाख १ हजार एकसय ११ रुपियां आर्थिक सहयोग जम्मा गरेको बैंकले जनाएको छ ।
Labels:
Business
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments