अव एक दुई महिनामै संविधान बन्छ – नेता श्रेष्ठ
Published Date :- June 11, 2015  On  |

गोरखा(जौबारी,२७ जेठ) । एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले दलहरु वीच सहमति भइसकेकाले एक दुई महिना भित्रै संविधान बन्ने दाबी गर्नुभएको छ ।
 नेता श्रेष्ठकै गृह गाविस गोरखाको जौवारीको फिनाम स्थित फिनाम प्राथमिक विद्यालयमा शिन्योएन नामक जापानी संस्थाले बनाई दिएको भूकम्प प्रतिरोधात्मक विद्यालय भवनको बुधवार उद्घाटन गर्दै नेता श्रेष्ठले भूकम्प पछि राहत तथा उद्धारको गति पहिलो चरणमा केही सुस्त भएता पनि अव भने मुलुक पुर्ननिर्माण र पुर्नवास तर्फ अघि बढीसकेकोले नआत्तिन आग्रह समेत गर्नुभयो । गत बैशाख १२ गतेको भूकम्पबाट जौबारी स्थित फिनाम प्राविको सबै भवन भत्किए पछि शिन्योएन नामक संस्थाले करिब ११ लाख रुपियांको लागतमा जस्ता ,प्लाई लगायतका सामाग्रीको प्रयोग गरेर सो ६ कोठे भवन निर्माण गरिदिएको हो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....