Entertainment,
Main News
»
गोरखाकी मेघिकाले जितिन मस्ट ट्यालेन्ट र फोटो मोडलको उपाधि
गोरखाकी मेघिकाले जितिन मस्ट ट्यालेन्ट र फोटो मोडलको उपाधि
गोरखा ,२८ जेठ ।
गोरखाकी मेघिका काप्रीले टर्कीमा २५ देशका प्रतिष्पर्धी बीच सम्पन्न लिटिल मिस एण्ड मास्टर वल्ड २०१५ प्रतियोगितामा ‘मस्ट ट्यालेन्ट अवार्ड’ र ‘फोटो मोडल अफ द वल्ड’को २ उपाधि जितेकी छिन ।गोरखा घ्याल्चोक गाविस वडा नं ९ सिउरेनीटार पुर्खाैली घर भई ललितपुरको भैंसेपाटी बस्ने मेघिका ललितपुरकै डिएभी स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन ।
नेपालमा सम्पन्न चाइल्ड आइकन प्रतियोगिताको फस्ट रनर अप मेघिकाले टर्कीको बोडरममा सम्पन्न विश्व प्रतियोगितामा ‘मस्ट ट्यालेन्ट अवार्ड’ र ‘फोटो मोडल अफ द वल्ड’को २ उपाधि जितेकी हुन ।
छोरीले उपाधिले जितेको खुशी त छदैछ अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर देश चिनाएको कुराले आफूलाई झन् गौरब महसुस भएको मेघिका बुवा एमएस काप्रीले बताउँनुभयो । मेघिका एमएस काप्री र अम्बिका काप्रीका कान्छी छोरी हुन ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments