रेडन कलेजद्वारा २५ विद्यालय लाई पानी ट्याङ्की वितरण
गोरखा ,२९ जेठ । काठमाण्डौंको सामाखुसी स्थित रेडन कलेजले गोरखाको २५ वटा सामुदायीक बिद्यालयलाई पानी ट्याङ्की बितरण गरेको छ ।
महाभूकम्पले बिद्यालय भबनसहित पानी ट्याङ्कीहरु फूटेका बिद्यालय छानेर ट्याङ्की बितरण गरेको प्रबन्ध निर्देशक बुद्धि पूडासैनीले जानकारी दिनुभयो । जिल्ला शिक्षा कार्यालय गोरखासंग समन्वय गरेर बिद्यालयहरु छनौट गरिएको हो । साथै बिद्यालयका प्रअहरुलाई आज ट्याङ्की हस्तान्तरण गरिएको छ । साथै रेडन कलेजले भूकम्पप्रभावित नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लाका सामुदायीक बिद्यालयमा पनि पानी ट्याङ्की बितरण गर्ने जनाएको छ । पाँचसय लिटर क्षमताको पानी ट्याङ्की बितरण गरिएको हो । कलेजले खाद्यान्नलगायत सामग्री पनि बितरण गरेको थियो । कलेजमा एकहजार ७ सय ५० जना बिद्यार्थी अध्ययनरत छन् ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments