गोरखाली भूकम्प पीडितका उपकारी समीशा जोशी
गोरखा ,२९ जेठ । महाभूकम्पको पछि गोरखामा पीडितको उद्धार तथा राहत कार्यमा थुप्रै संघसंस्था निरन्तर रुपमा लागि परे । भूकम्प राहत तथा पीडितको प्रारम्भीक अवधिमा गोरखामा केही यस्ता मनकारी व्यक्ति पनि भेटिए उनीहरु संग नत कुनै संस्थाको पहिचान थियो न उनी गोरखाका थिए । केबल पीडितको भलाईका लागि निरन्तर लागि परेका मध्येका एक थिइन अमेरिकी निवासी समिशा जोशी लामेयर ।
अमेरिकाका नागरिक संग बिहे गरेर विगत १७ वर्ष देखि अमेरिका बस्दै आएकी समीशा जोशी भूकम्प पछि काठमाण्डौं स्थित आफ्नो आमाको शहिद स्मृति स्कुलको अवस्था र केही दिन आमाको हेरचाहका निम्ती नेपाल आएकी थिइन । तर काठमाण्डौंमा गोरखाको लागि राहत सामाग्री चाहिएको सुने पछि केही राहत सामाग्री लिएर गोरखा आएकी समीशा लाई उत्तरी दुर्गम गाविसहरुमा हेलिकप्टरको अभावमा राहत पुग्न नसकेको कुराले छोए पछि उनी व्यक्तिगत र साथी संग सहयोग जुटाउंदै हेलिकप्टर भाडामा लिएर राहत तथा उद्धारमा लागिन । समीशा जोशीले हेलिकप्टर भाडामा लिएर राहत पुग्न नसकेको गोरखाका ल्हो ,विही ,सामागाउं ,सौरपानी ,लाप्राक लगायतका गाउंमा सरकारको राहत ढुवानी गरिदिइन । आफू अमेरिकामा रहे पनि आफ्नो जन्मभूमिमा परेको पीडाले भावविह्वल बनाएको र आफूलाई भूकम्प पीडितको लागि काम गर्न पाउदा आफ्नो परिवार बचाएको महसुस भएको समीशा जोशी बताउंछिन । जोशी भन्छिन–“ म पनि आमा हो । घरमा बच्चा बच्चीले खान नपाउंदा आमा लाई कति पीडा हुन्छ । त्यो म अनुभव गर्न सक्छु । ”
जोशीको यही अभियानको क्रममा साथ मिल्यो राहत तथा उद्धारमै लागिरहेकी पासाङ्गल्हामु शेर्पाको । पेशाले हिमाल आरोही सोलुखुम्बु निवासी शेर्पा भूकम्प गए पछि राहत तथा उद्धारका लागि काम गर्ने क्रममा जोशी र शेर्पाको भेट भएको थियो । त्यस्तै छोरी संगै बसेर निरन्तर साथ साथ दिईरहिन उनकी वृद्धा आमा गौरी राणा जोशीले पनि ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments