भूकम्प ज्यान गुमाउने ५ जनाको नेशनल लाइफद्वारा भुक्तानी
Published Date :- June 13, 2015  On  |

गोरखा ,३० जेठ ।नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भूकम्प ज्यान गुमाउने आफ्नो बिमितहरु लाई मृत्यु दाबी वापतको रकम भुक्तानी गरेको छ ।
 भूकम्पमा ज्यान गुमाउनेहरु गोरखा गुम्दाका मिहर सिंह गुरुङ्गका परिवारलाई एकलाख ९ हजार ,बारपाकका सुममाया गुरुङ्गका परिवार लाई एकलाख ६७ हजार एकसय ,सीतामाया गुरुङ्गका परिवार लाई दुई लाख १२ हजार २ सय ,शर्मीला गुरुङ्गको परिवार लाई ३ लाख १८ हजार ३ सय र बिर बहादुर गुरुङ्ग परिवार लाई २ लाख १८ हजार ३ सय रुपियां मृत्यु दाबी भुक्तानी वापतको नेशनल लाइफ इन्स्योरेन्सले प्रदान गरेको हो । त्यस्तै अर्काे एक दुर्घटनामा ज्यान गुमाएका थुमीका हरिलाल थापा परिवार लाई पनि एकलाख रुपियां प्रदान गरेको छ । राष्ट्रिय बिमा समितिका अध्यक्ष प्रा.डा.फत्त बहादुर केसीको प्रमुख आतिथ्यता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक एवं प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको सभापतित्वमा भएको एक कार्यक्रम बीच सम्वन्धित व्यक्तिका परिवारजनलाई सो रकम भुक्तानी दिएको हो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....