आइएनजिओको मनोमानी नियन्त्रण गर : युवा संघ गोरखा
Published Date :- June 16, 2015  On  |

गोरखा ,१ असार । आइएनजिओको मनोमानी नियन्त्रणको माग गर्दै युवा संघ नेपाल गोरखाले प्रमुख जिल्ला अधिकारी उद्धव प्रसाद तिमल्सेनालाई ज्ञापन पत्र बुझाएको छ । 
भूकम्प पीडित राहतका नाममा जिल्ला आएका अन्तराष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)हरुले आफूखुशी मनोमानी गरेको भन्दै तत्काल रोक्न युवा संघ नेपाल गोरखाले प्रमुख जिल्ला अधिकारी उद्धव प्रसाद तिमल्सेनालाई ज्ञापन बुझाएको हो । संघका अध्यक्ष वसन्त गुरुङ्गद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भूकम्प पीडितको सेवाका लागि भनिएता पनि राहत भन्दा पनि आइएनजिओहरु गतिविधि मोजमस्तीपूर्ण देखिएको उल्लेख छ । ज्ञापनपत्रमा एनजिओहरुको काम ,कार्यक्षेत्र र बजेट तत्काल सार्वजनिक हुनुपर्ने माग समेत गरेको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....