झुठा विवरण पेश गर्नलाई कारवाही : दैबी प्रकोप समिति
गोरखा ,१ असार । जिल्ला दैबी प्रकोप उद्धार समिति गोरखाले भूकम्प पीडितको नक्कली विवरण पेश गरेर राहत लिनेलाई कानुनी कारवाही गर्ने निर्णय गरेको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैबी प्रकोप उद्धार समिति गोरखाका संयोजक उद्धव प्रसाद तिमल्सेनाको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । जस्ता पाताको खरिदका लागि १५ हजार रुपियां दिने निर्णय संगै पूर्ण घर क्षति नभएकाले पनि क्षति भएको दाबी गर्न थालेको , नछुट्टिएकोले पनि पनि छुट्टिएको भनेर घरधुरीको कागजात पेश गरेको लगायतका गुनासाहरु आउन थाले पछि समितिले यस्तो निर्णय गरेको हो । समितिले पुन एकपटक स्थलगत रुपमा प्राविधिक टोली पठाउने छुटेका वास्तविक पूर्ण क्षतिको हकमा पुर्नविचार गर्ने तर अवास्तविक नक्कली कागजात पेश गरेको पाइएमा कारवाही गरिने जिल्ला दैबी प्रकोप उद्धार समितिले जनाएको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments