संविधान मस्यौदा जनतामा पठाउनु पर्दैन : डा.भट्टराई
गोरखा , ३ असार । संविधानसभा आफैं जनताले चुनेका प्रतिनिधिहरुको संस्था भएकोले संविधानको मस्यौदा जनतामा पठाउनु पर्छ भन्ने तर्क उपयुक्त नभएको दाबी गर्नुभएको छ ।
गोरखा आउनुभएका डा.भट्टराईले आज पत्रकार भेटघाटको क्रममा संविधानमा के के कुरा उल्लेख हुदैछ भन्ने बारे जनतालाई जानकारी हुन पर्ने तर संविधानसभा संविधान निर्माणको अधिकार प्राप्त संस्था भएको तर्क गर्नुभयो । संविधान जारी संगै नयां सरकार बन्ने समेत एकीकृत माओवादी नेता डा.भट्टराईको भनाई छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments