डब्लुएपीले भूकम्प पीडित लाई बाडेको चामल कुहिएको भेटियो
गोरखा ,३ असार । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले भूकम्प पीडितका लागि गोरखाको लाप्राकमा पठाएको चामल कुहिएको भेटिएको छ ।
विश्व खाद्य कार्यक्रमले पठाएको ४ सय ५० बोरा मध्ये एकसय भन्दा बढी बोराका चामल जमेर डल्ला परेको , गन्हाएको भेटिएको लाप्राकका स्थानीय दल बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
विश्व खाद्य कार्यक्रमले पठाएको अन्य बोराका चामलहरु भने राम्रै रहेको छ ।
विश्व खाद्य कार्यक्रमले गोरखाको देउराली गाविसको मझुवा ३ महिनाको लागि गोदाम स्थापना गरेर गोरखाका विभिन्न स्थानमा भूकम्प पीडितका लागि चामल वितरण गर्दै आएको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments