एसएलसीमा ४७ दशमलव ४३ प्रशित विद्यार्थी उत्तीर्ण
Published Date :- June 19, 2015  On  |

काठमाण्डौं , ४ असार । एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ । यस वर्ष नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । शुक्रवार प्रकाशित नतिजा अनुसार नियमिततर्फ एक लाख ९२ हजार २ सय ४७ जना उर्तीर्ण भएका छन् । जसमध्ये छात्रतर्फ एक लाख ९ हजार ४३ र छात्रातर्फ ८३ हजार २ सय २४ जना उर्तीर्ण भएका हुन् ।विशिष्ट श्रेणीमा २१ हजार ४ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्टमा छात्रतर्फ १२ हजार ४ सय २६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन् । प्रथम श्रेणीमा ९० हजार १ सय ७६ जना उत्तीर्ण भएका छन् । प्रथम श्रेणीमा छात्रतर्फ ५२ हजार ५ जना उत्तीर्ण भएका छन् भने प्रथम श्रेणीमा उत्तीर्ण हुने छात्राको संख्या ३८ हजार १ सय ७१ रहेको छ ।त्यसैगरी दोस्रो श्रेणीमा छात्रतर्फ ४२ हजार १ सय ७६ र छात्रातर्फ ३४ हजार ३ सय ६ गरी कुल ७६ हजार ४ सय ८२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा ४ हजार ३ सय ६२ जना उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा छात्रतर्फ २ हजार ४ सय ३६ जना उत्तीर्ण छन् भने छात्रा १ हजार ९ सय २६ छन् । अनुर्तीण भएकाहरुको पूरक परीक्षा साउन २० गते बिहान ८ बजेदेखि हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।त्यस्तै यस वर्षबाट शुरु भएको प्राविधिक विषयको एसएलसीको नतिजा भने श्रेणीकरण गर्नुपर्ने भएकोले एक साता पछि हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....