एसएलसीमा गोरखाबाट ५७.९ प्रतिशत उत्तीर्ण
गोरखा , ४ असार । प्रवेशिका (एसएलसी ) परीक्षामा गोरखाका २ हजार ६ सय ७० जना उत्तीर्ण भएका छन । सहभागी परीक्षार्थीको संख्यालाई आधार मान्ने हो भने गोरखामा ५७ दशमलव ९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको गोरखाका जिल्ला शिक्षा अधिकारी हरिप्रसाद अर्यालले जानकारी दिनुभयो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज सार्वजनिक गरेको एसएलसी परीक्षा नजिता २०७१ का अनुसार गोरखामा एकसय ३४ जना विशिष्ट श्रेणी ,९ सय ४७ जना प्रथम श्रेणी ,एकहजार ५ सय ५५ जना द्धितीय श्रेणी र ३४ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन । एसएलसी परीक्षामा गोरखाबाट ४ हजार ४ सय ४६ जना सहभागी भएको थियो । यसैगरी मनकामना बहिरा मावि बाट ११ जना र खुल्ला विद्यालय अन्र्तगत ३८ जनाले एसएलसी परीक्षा दिएकोमा सबै अनुत्तीर्ण भएको छ । त्यस्तै सामुदायिक तर्फ परोपकार आदर्श उच्च मावि र संस्थागत तर्फ सेन्ट मेरिज ,सेन्ट जोसेफ ,लक्ष्मी सामुदायिक शिक्षा सदन र मोर्डन इङ्गलिस बोडिङ्ग स्कुलका शतप्रतिशत परिक्षार्थी उत्तीर्ण भएको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments