विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सम्पन्न
गोरखा , ५ असार । गोरखाको बोलाङ्गमा विशेषज्ञ सेवा सहितको एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अमेरिकास्थित नेपाली समाज टेक्सस, काठमाण्डौंको ओम फाउण्डेशन (ओम अस्पताल), नेशनल डेन्टल अस्पतालले संयुक्त रुपमा शिविरको आयोजना गरेको हो ।
स्वास्थ्य शिविरमा डा. सञ्जिव श्रेष्ठ, डा. मोस्टाफाभाजिरी, डा. सपना मल्ल, डा. कमलराज शर्मा, डा. लव जोशी, डा. धिरज मानन्धर, डा. सञ्जिल झा, डा. संद्या प्याकुरेल, डा. बीरेन्द्र चन्दलगायत डाक्टरहरुले बिरामीको स्वास्थ्य जाँच गर्नुभएको आयोजक संस्थामध्येको एक नेपाली समाज टेक्ससका राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । दिनभर भएको शिविरमा डाक्टरहरुले ८ सयजना बिरामीको स्वास्थ्य जाँच भएको छ मुटुरोग बिशेषज्ञ डा.लव जोशीकाअनुसार शिविरमा स्वास्थ्य जाँचका लागि आएका बिरामीहरुमा सामान्य ज्वरो, रुघाखोकी, दाँत सम्बन्धी समस्या, आँखा सम्बन्धी समस्याहरु, घुँडा, हातलगायतका शरीरका अंगहरु दुख्ने समस्या देखा परेको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments