गोरखाको साम्दोमा हेलिकप्टर दुर्घटना सबै सकुशल
Published Date :- June 22, 2015  On  |

गोरखा ,७ असार । गोरखा उत्तरी गाविस सामागाउंको साम्दोमा सिम्रिक एयर 9N AKF हेलिकप्टर आज बिहान दुर्घटना भएको छ ।
 हेलिकप्टरमा सवार पाइलट क्याप्टेन सुरेन्द्र पौडेल , खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका प्रमुख नारायण आचार्य सहित ५ जना नै सकुशल रहेको छ । इन्टरनेशनल मेडिकल क्रोप्स नामक खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरसत संस्थाले लिएर गएको हेलिकप्टर काठमाण्डौं फर्कनका लागि उड्ने क्रममा आगलागी भएको दुर्घटना स्थलमै रहेका प्रत्यक्षदर्शी टुरिष्ट गाइड सुजन गुरुङ्गको भनाई छ । 

हेलिकप्टर पूर्ण रुपमा क्षति भएको छ । दुर्घटना भएको हेलिकप्टर सवार ५ जनालाई नै मनाङ्ग एयरको हेलिकप्टरले उद्धार गरेको छ । हेलिकप्टर उड्न लाग्दा अचानक असन्तुलन भए पछि आगलागी भएको र आफूहरु तत्काल हेलिकप्टरबाट ओर्लिएको उक्त हेलिकप्टरमा सवार खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख नारायण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....