विदेशमा कार्यरत गोरखालीद्वारा जिल्लाको विभिन्न स्थानमा सहयोग
गोरखा,९ असार । गोरखा घर भई दुबईमा कार्यरत नेपालीहरुको संस्था गोरखा सेवा समाज युएइले भूकम्पबाट क्षति पुगेको गोरखाका ८ विद्यालयलाई नगद ५० हजारका दरले सहयोग प्रदान गरेको छ ।
गोरखाका चम्पावती उच्च मावि हर्मी ,रामशाह उच्च मावि देउराली ,विन्द्रावती उच्च मावि मसेल ,शैलपुत्री उच्च मावि पाँचखुवा देउराली ,शहिदस्मृति मावि बुंकोट ,परोपकार आदर्श उच्च मावि जौबारी , जनज्योति निमावि छोप्राक र कालिका प्रावि फुजेललाई नगद ५० हजार रुपियां आर्थिक सहयोग प्रदान गरेको गोरखा सेवा समाज युएइका निवर्तमान अध्यक्ष भीम श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै समाज गोरखाको हर्मी ,पालुङटार नगरपालिका ,गाँखु ,आरुआर्वाङ्ग,घ्याल्चोक ,धावा लगायतका स्थानमा जस्ता र खाद्यान्न लगायतका राहत सामाग्री पनि वितरण गरेको गोरखा सेवा समाज युएइले जनाएको छ ।
नेपाली जनप्रगतिशील मञ्चको पनि सहयोग
गोरखाको आरुचनौट गाविसका भुकम्प पीडितलाई प्रवासी संगठन नेपाल्ऽी जनप्रगतिशिल्ऽ मञ्च क्षेत्रिय समिति रस अल्ऽ खैमह युएइले सहयोग गरेको छ ।
गत बैशाख १२ गते गएको भुकम्पले आरुचनौटे गाविसका स्थानीय बासिन्दाहरुको घर पूर्ण रुपमा ध्वस्त भएपछि गोरखाको आरुचनौटे गाविसको वडा नम्वर ३ आरुटार घर भइ दुवैमा कार्यरत सिताराम गोर्खाली मार्फत पठाएको १ लाख ७० हजार रुपैयाँ बराबरको मुल्यमा रहेको चामल, दाल तेल गरी आरुटारमा ६७ घरधुरीलाई वितरण गरेको हो । मृतकको परिवार, अपाङ्गको परिवारलाई एक एक वोराको दरले र अन्य पीडितहरुलाई १५ किलोका दरले चामल वितरण गरेको सिताराम गोरर्खालीको भनाइ छ । यस्तैगरी आरुचनौटे गाविसको ६,८, र ९मा रहेको ८० घर धुरी दलित वस्ती र बराम बस्तीका १० गरी ९० घर धुरीलाई १५ किलोका दरले चामल दाल र तेल वितरण गरेको हो । यस्तैगरी ९ नम्वर वडामा रहेको सिद्धदेवी माध्यामिक विद्यालयमा अध्ययनरत ७० जना दलित विद्यार्थीका लागि राहत स्वरुप कापी कलम सोही विद्यालयका तिर्थ बहादुर नेपालीलाई हस्तान्तरण गरेको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments