पहिरोले गोरखाको केरौंजा र काशीगाउं थप जोखिममा
गोरखा , १२ असार । वर्षा संगै पहिरो जान थाले पछि गोरखाको दुर्गम गाविसहरु केरौंजा र काशीगाउंका भूकम्प पीडितहरु थप जोखिममा परेका छन । गोरखाको दुर्गम उत्तरी गाविसहरुमा वर्षा संगै शुक्रवार देखि पहिरो जान थाले पछि सयौं घर धुरी जोखिममा परेको छ ।
गोरखाको केरौंजा गाविस वडा नं १ ,२ र ४ मा माथी पहिरो आएर कतिपय अस्थायी टहरा समेत पुरिए पछि स्थानीय सुरक्षित खोज्दै सोही गाविसको मन्चेतमा खुल्ला आकाशमुनी बस्न बाध्य छन । केरौंजाको रानीवनको करिब ३/४ सय मिटर माथीबाट पहिरो आएको पहिरोले भूकम्पले घर भत्किएर बनाएको टहरा पनि पुरिएको स्थानीय सुक बहादुर गुरुङ्ग जानकारी दिनुभयो ।
पानी परे पछि शुक्रवार सांझ ६ बजेबाट पहिरो आए पछि मानिसहरु भागभाग भएको र केरौंजामा बाटो निर्माण लागि खटेको नेपाली सेनाको टोलीले उद्धार गरेको हो । केरौंजा गाविस वडा नं १ ,२ र ४ मा गरी ३ सय ५५ घरधुरी असुरक्षित बनेको छ । घाम लाग्दा र पानी परेका बेला पनि पहिरो जाने गरेको फेज नेपाल नामक गैरसरकारी संस्थाका कर्मचारी अनिता बस्नेतको भनाई छ ।
शुक्रवार गएको पहिरोका कारण केरौंजाबाट काशीगाउं गाविसमा जाने पैदल बाटो पनि अवरुद्ध भएको छ । त्यस्तै काशीगाउं पनि बुढीगण्डकी नदी तर्फ पहिरो झर्न थालेको छ ।गोरखाको आरुघाटबाट दुईदिनको पैदलयात्रा पछि मात्र केरौंजा पुग्न सकिन्छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments