अदालत संग संविधानसभा लाई निर्देशको अधिकार छैन –एमाले सचिव भट्टराई
Published Date :- June 27, 2015  On  |

गोरखा ,१२ चैत । नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान निर्माण सवालमा संविधानसभालाई निर्देशन गर्ने अधिकार सर्वाेच्च अदालतलाई नभएको दाबी गर्नुभएको छ ।
गोरखा आउनुभएका भएका एमाले सचिव भट्टराईले एमाले गोरखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संविधान बनाउने जिम्मा अदालतलाई नभई नेपाली जनताले संविधानसभालाई दिएको तर्क समेत गर्नुभयो । वहांले भन्नुभयो ः “संविधानसभाले बनाएको संविधानमा अदालतले व्याख्या गर्न सक्छ तर व्यवस्थापिका संसद तथा संविधानसभालाई यो दफा थप त्यो दफा हटाऊ भनेर अदालत भन्नु कार्यक्षेत्र बाहिरका विषय हो । अदालतको अहिलेको आदेश शक्ति पृथकीकरणको सिद्धान्त विपरित छ । ”

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....