Politics
»
वर्तमान अवस्थाको कारक सभाध्यक्ष – डा.भट्टराई
वर्तमान अवस्थाको कारक सभाध्यक्ष – डा.भट्टराई
गोरखा ,१७ माघ । एकीकृत माओवादीका नेता डा.बावुराम भट्टराईले संविधानसभा अपहरणमा परेकोले जनताको हातमा फर्काउनु फेरी एकपटक आन्दोलन जरुरी रहेको बताउँनुभएको छ ।
कृषि तथा पर्यटन प्रर्बद्धनका लागि उहियां गाविसको खोर्लाबेसीमा आयोजित तातोपानी मेलालाई आज सम्वोधन गर्दै नेता डा.भट्टराईले सत्ताधारी दल काँग्रेस र एमालेको षडयन्त्र अनुसार संविधानसभाका अध्यक्ष चलेकोले राजनितिक संकटको वर्तमान अवस्था आएको दाबी गर्नुभयो । सो कार्यक्रममा संविधानसभाका सदस्य छम बहादुर तमु ,नेपाली काँग्रेस गोरखाका सभापति हरि बहादुर घले लगायतले बोलनुभएको थियो ।तातोपानी मेलाको दोस्रो दिन शनिवार हेलिकप्टरबाट पुग्नुभएका पूर्व प्रधानमन्त्री तथा एकीकृत माओवादी नेता डा.भट्टराईले मेलालाई सम्बोधन गर्नुका साथै मेलाको अवलोकन गर्नुभएको थियो ।
Labels:
Politics
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....


0 comments