दि गुर्खाज गोर्खाली कपको क्वाटरफाइनलमा
Published Date :- January 31, 2015  On  |

गोरखा ,१७ माघ । गोरखाको हरमटारी खेलमैदान जारी गोर्खाली कप फुटवल प्रतियोगितामा दि गुर्खाज युनाइटेड पाटेचौर क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
 दि गुर्खाज युनाइटेड र गुरुङ्ग ब्वाइज मुग्लिन बीच भएको खेलमा २ का बिरुद्ध ३ गोल गरेर क्वाटर फाइनलमा प्रवेश गरेको हो ।  खेलमा सेनाको भैरबी दल गण गोरखा र त्रिवेणी युवा क्लब मुग्लिङ्ग बीच भएको खेल निर्धारित समयमा १/ १गोलको बराबरी भए पछि ट्राइब्रेकरमा ५ का विरुद्ध ६ गोल गर्दै भैरबी दल गण विजयी भएको हो । त्यस्तै आयोजक हरमटारी क्लब र तीनतारे युवा क्लब बारपाक बीच भएको खेलमा १ का विरुद्ध ३ गोल गर्दै आयोजक हरमटारी क्लब विजयी भएको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....