क्षमा पुजा संगै फागुन १५ बाट मनकामना मन्दिर जीर्णाेद्धार
Published Date :- February 12, 2015  On  |

गोरखा ,२९ माघ । गोरखाको मनकामना स्थित मनकामना मन्दिरको आगामी फागुन १५ गते देखि क्षमा पुजा गरेर जीर्णाेद्धार कार्यको औपचारिक शुरु हुने भएको छ । 
गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवराज तिमल्सीना सहित जिल्ला स्थित सरकारी कार्यालय र सुरक्षा निकाय प्रमुखहरुको उपस्थितीमा बिहीवार सम्पन्न मनकामना मन्दिर जीर्णाेद्धार समितिको बैठकले सो निर्णय गरेको हो ।बैठकले मन्दिरका गजुर लगायतका बहुमुल्य धातुका सामाग्रीहरुको सुरक्षाको जिम्मा जिल्ला स्थित सुरक्षा समितिलाई दिएको छ । फागुन १५ गते क्षमा पुजा र बैदिक पुजा गरे पछि मन्दिरका सम्पूर्ण भागको जीर्णाेद्धार कार्य थालिने मनकामना जीर्णाेद्धार समितिका अध्यक्ष नरेन्द्रबावु श्रेष्ठले जानकारी दिनुभयो ।

यस अघि मन्दिरका लागि आवश्यक पर्ने झ्यालढोका ,खम्बा लगायतका काठमा बुट्टा निर्माण ,इट्टा निर्माण ,गजुर निर्माण लगायतका कामहरु भइरहेको थियो । मनकामना मन्दिरको जीर्णाेद्धारका लागि ८ करोड ५० लाख रुपियांको लागत अनुमान गरिएको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....