सेनाको सहयोगमा विद्यालयमा शौचालय
गोरखा ,२२ फागुन । गोरखाको आरुपोखरी गाविस स्थित धारापानी माविमा नेपाली सेनाले शौचालय निर्माण गरेको छ । नेपाली सेनाको ३ लाख नगद सहयोग र सेनाले नै श्रमदान गरेर दुईकोठे पक्की शौचालय निर्माण गरिदिएको हो । गोरखा स्थित सेनाका भैरबी दल गणका गणपति प्रेम बहादुर थापाले विद्यालयमा निर्माण भएको शौचालय उद्घाटन गर्नुका साथै विद्यालयमा पानी व्यवस्थापनका लागि गणपति थापाले ५हजार रुपियां सहयोग समेत प्रदान गर्नुभयो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments