काँग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार
गोरखा, २३ असार ।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्यमा आएको सुधारलाई चमत्कारको संज्ञा दिएका छन् ।तर, अझै खतरामुक्त भने नरहेको बताएका छन् ।
कोइराला मंगलबार साँझ ओम अस्पताल भर्ना भएका थिए । तर, राति बेहोस् भएपछि अवस्था गम्भिर बनेको थियो ।उनलाई निमोनिया भएको थियो भने रगतमार्फत शरीरको सबै भागमा संक्रमण फैलिएको थियो । तर, बुधबार साँझबाट भने उनको स्वास्थ्यमा सुधारको संकेत देखिएको थियो ।बिहीबार दिउँसो उनलाई भेन्टिलेटरबाट निकालिएको छ । र, साँझ अस्पतालले पत्रकार सम्मेलन गरेर कोइरालाको स्वास्थ्य निकै सुधार भएको बताए ।यो एक प्रकारको चमत्कार नै भएको कोइरालाको उपचारमा संलग्न डा. लव जोशीले बताए । ‘पहिला (हिजो) बचाउन सकिन्छ कि सकिँदैन भन्ने थियो’ उनले भने, होसमा ल्याउन हामीले आधा घन्टासम्म प्रयास गर्छौं । तर, उहाँ छिट्टै रिकभर हुनु भो । उसलाई एक प्रकारको चमत्कार नै मान्नुपर्छ ।’
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments