प्रधानमन्त्रीलाई राजीनामा दिन माओवादीको तीन घण्टे अल्टिमेटम
Published Date :- July 13, 2016  On  |

काठमाडौं ,२९ असार । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन तीन घण्टे अल्टिमेटम दिएको छ ।सभामुख ओनसरी घर्तीको आग्रहमा बसेको प्रमुख सचेतकहरुको बैठकमा कांग्रेस र माओवादीका नेताहरुले सरकार अल्पमतमा परेको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाएका थिए ।
तर, एमाले प्रमुख सचेतक भानुभक्त ढकालले प्रधानमन्त्रीले राजीनामा नदिने जवाफ दिए । लगत्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीलाई राजीनामा दिन तीन घण्टा समय दिने बताए । तीन बजेसम्म राजीनामा नदिए सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने उनले बताए ।सरकारको समर्थन फिर्ता लिएको माओवादीले प्रधानमन्त्रीको राजीनामा माग्दै आएको छ । राजीनामा नदिए बजेट पारित गर्न नदिने माओवादीले चेतावनी दिएको छ ।माओवादीले मंगलबार सरकारलाई दिएको सर्मथन फिर्ता लिएको थियो । बुधबार माओवादी मन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएको समाचार अनलाईन खबरले लेखेको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....