मनकामना मन्दिरको पुर्ननिर्माणमा बजेट अभाव हुन्न –राष्ट्रपति भण्डारी
मनकामना(गोरखा), १३ असोज । गोरखाको मनकामना पुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले मनकामना मन्दिरमा विशेष पुजा गर्नुभएको छ ।
पुजा पछि मनकामना गाविसले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी उपस्थित स्थानीय लाई सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण सरकारको कर्तव्य भएकोले मनकामना मन्दिर पुर्ननिर्माणमा बजेट अभाव हुन नदिने विश्वास व्यक्त गर्नुभयो ।प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र मनकामनाको विकास निर्माण संग सम्वन्धित विभिन्न समस्या सहितको माग पत्र स्थानीयको तर्फबाट मनकामना गाविस सचिव नारायण सापकोटाले राष्ट्रपति समक्ष बुझाउनुभएको थियो । नेपाली सेनाको हेलिकप्टरबाट मनकामना पुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारी बिहीवार नै काठमाण्डौं फर्कनुभएको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments