गोरखामा ११ वटा स्थानीय तह
गोरखा,२२ कात्तिक । विभिन्न स्वायत्त र संरक्षित क्षेत सहित गोरखामा २ नगरपालिका र ९ गाउँपालिका रहने गरी ११ वटा स्थानीय तह बनाउने सहमति भएको छ । स्थानीय पुर्नसंरचना जिल्ला प्राविधिक सहयोग समितिको बैठकले मुस्लिम र कुमाल संरक्षित क्षेत्र हुने गरी गोरखा नगरपालिकामा देउराली र बुंकोट गाविस लाई गाभ्ने निर्णय गरेको छ । त्यस्तै पालुङटार नगरपालिकामा मिरकोट ,धुवाँकोट र खोप्लाङ्ग गाविस लाई गाभ्ने निर्णय गरेको छ । यसैगरी भोटेलामा स्वायत्त क्षेत्रका रुपमा सिर्दीवास रहने गरी चुमनुब्री गाउँपालिका ,तमु स्वायत्त क्षेत्रका रुपमा गुम्दा केन्द्रका रहने गरी धार्चे गाउँपालिका ,आरुचनौटे केन्द्र रहने गरी आरुघाट गाउँपालिका ,ताकुकोट केन्द्र रहने गरी सुलिकोट गाउँपालिका, बराम संरक्षित क्षेत्रका रुपमा वगुवा केन्द्र रहने गरी भीमसेन गाउँपालिका ,मगर स्वायत्त क्षेत्रका रुपमा घैरुङ्ग केन्द्र रहने गरी शहिद लखन थापा गाउँपालिका ,चेपाङ संरक्षित क्षेत्रका रुपमा भुम्लीचोक केन्द्र रहने गरी गण्डकी गाउँपालिका ,छोप्राक केन्द्र रहने गरी सिरानचोक गाउँपालिका र तामाङ ,भुजेल संरक्षित क्षेत्रका रुपमा भच्चेक केन्द्र रहने गरी अजिरकोट गाउँपालिका बनाउने खाँकामा सहमति भएको छ ।
गोरखाको स्थानीय तह निर्माणका क्रममा कुन गाविस कहाँ परेको छ जान्नका लागि तलका तालिका हेर्न सकिन्छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments