क्यारिकेचर गर्ने आर्यन कि अभिनय गर्ने सुवास सफल ?
Published Date :- January 21, 2015  On  |

यदि चलचित्र क्यालेन्डर फेरिएन भने फागुन ८ गते चलचित्र नगरीमा देखिएका दुई दुश्मनको भिडन्त पक्का छ । माघ २ गतेबाट पर सरेको चलचित्र ‘इच्छा’ अब फागुन ८ मा प्रदर्शनमा आउने पक्का भएको छ । यता, यही मितिमा आर्यन सिग्देलले अभिनय गरेका २ चलचित्रले प्रदर्शनको पालो लिएर बसेका छन् ।

यो मितिमा आर्यन अभिनित २ चलचित्र ‘माला र आवेग’ चल्ने चर्चा छ । तर, दुई चलचित्र यो मितिमा आउँछन् नै भन्ने यकिन गर्न गाह्रो छ । केही समय अगाडि नायक आर्यन सिग्देललाई कलाकार सुवास थापाले क्यारिकेचर गर्ने कलाकार भनेका थिए ।
आर्यनलाई साहरुख र सलमान खानको कपी गर्ने नायकको उपमा दिएपछि सुवाससँग आर्यन चिडिएका छन् ।
यसैले, मुनाल घिमिरेको निर्देशनमा बनेको इच्छा फागुन ८ मा नै चल्ने भएपछि अब को कलाकार दर्शकका लागि प्रिय हुनेछन् भन्ने देखाउनेछ । चलचित्र ‘इच्छा’मा सुवासका अलवा दयाहाङ राई , दीपशिखा शाहीको मुख्य भूमिका छ ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....