Entertainment
»
लण्डनमा रणवीरसँग घुमेको स्वीकारिन् कट्रिनाले
लण्डनमा रणवीरसँग घुमेको स्वीकारिन् कट्रिनाले
मुम्बई । रणवीर कपुरसँग इंगेजमेन्ट गरेको खवरलाई खण्डन गरेकी बलिउड सुन्दरी कट्रिना कैफले लण्डनमा रणवीरसँग भेट भएको स्वीकारेकी छिन् ।
एनडीटिभीसँग कुरा गर्दै कैटले यसपालिको नयाँ वर्ष आफ्नो लागि अद्भुत भएको बताइन् । विदा मनाउनकै लागि लण्डन गएको बताएकी उनले रणबीर कपुरसँग न्युयोर्कसिटीमा भेट भएको भने स्वीकारिन् ।
तर, बिबाह र मगनीको प्रसंगमा संवाददाताले प्रश्न गर्ने बित्तिकै अन्य कुरा गरेरै टारेकी थिईन् उनले ।
लामो समयदेखि रणबीर र कैटविच हिमचिम भए पनि उनीहरुले सम्बन्ध रहेको कुरा स्वीकारेका छैनन् । नयाँ वर्ष उत्सबमा दुबै न्युयोर्कसिटीमा भेट भएको स्वीकारेसँगै उनीहरुको इंगेजमेन्टको खवरलाई थप बल पुगेको छ ।
केही दिनअघि मात्रै दीपिका पादुकोणले कट्रिनालाई रणबीरसंग बिबाह नगर्न सल्लाह दिएकी थिइन् भने, त्यसको केही दिनपछि आफैले रणबीरसँग बिबाह गर्न चाहेको कुरा गरेकी थिईन् ।
Labels:
Entertainment
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments