एउटै फिल्मका लागि अक्षयले मागे ५० करोड
Published Date :- January 21, 2015  On  |

मुम्बई । ‘एक्सनस्टार’ अक्षय कुमारले एक फिल्मका लागि ५० करोड पारिश्रमिक मागेका छन् । पछिल्लो समय ऋतिक रोशनले हिन्दी फिल्म ‘मोहनजोद्डो’ मा काम गर्नका लागि ५० करोड पारिश्रमिक माग गरेका थिए ।

अक्षयले ५० करोड माग गरेपछि उनी पनि महंगो हिरोको सूचीमा दरिएका छन् ।

अक्षय कुमार अभिनित फिल्म ‘हेराफेरी’ को तेस्रो श्रृङ्खला बन्ने तयारीमा छ । सोही फिल्मका लागि उनले ५० करोड मागेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

अक्षयले ५० करोड मागेकै कारण उनको ठाउामा जोन अब्राहम वा अभिषेक बच्चनलाई अभिनय गराउने मनस्थितीमा निर्माता पुगेका छन् ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....