Abroad,
Artical,
Business,
Education,
Entertainment,
Interview,
Literature,
Main News,
National,
Politics,
Sports,
Technology
»
ट्वीटरलाई जित्यो इन्स्टाग्रामले, ३० करोड पुगे प्रयोगकर्ता
ट्वीटरलाई जित्यो इन्स्टाग्रामले, ३० करोड पुगे प्रयोगकर्ता
फोटो सेयरिङ साइट इन्स्टाग्रामले प्रतिस्पर्धी माइक्रो ब्लगिङ साइट ट्वीटरलाई जितेको छ । फेसबुक स्वामित्वमा रहेको इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ता ३० करोड पुगेको जनाएको छ । जब कि ट्वीटरका प्रयोगकर्ता २८ करोडमात्र छन् ।
INSTAGRAM इन्स्टाग्राम सुरु भएको ४ बर्षको अबधिमा उसले २० करोड प्रयोगकर्ता पुर्याएको थियो । गत मार्च यता मात्र इन्स्टाग्रामले १० करोड प्रयोगकर्ता थपेको छ । इन्स्टाग्रामको यो प्रगति आफैमा आश्चर्यजनक छ ।
इन्स्टाग्रामलाई सन् २०१२ अप्रिलमा फेसबुकले खरिद गरेको थियो । फोटो सेयरिङका लागि लोकप्रिय इस्टाग्रामले अब ट्वीटर र फेसबुकले जस्तै भेरिफाइड एकाउन्ट सेवा सुरु गर्दै छ ।
तत्कालका लागि सेलिब्रीटी, खेलाडी र चर्चित अनुहारका लागि यो सेवा सुरु हुने छ । भेरिफाइड अकाउन्ट लन्च गरेसँग नक्कली एकाउन्ट डिलिट गर्ने अभियानलाई तिब्रता दिने इन्स्टाग्रामले जनाएको छ ।
संयोग कस्तो परेको छ भने यो एक बर्षको अबधिमा ट्वीटरको सेयर मूल्य ४१ प्रतिशतले घटेको छ भने इस्टाग्रामको मातृ कम्पनी फेसबुकको सेयर मूल्य ४२ प्रतिशतले बढेको छ ।
Labels:
Abroad,
Artical,
Business,
Education,
Entertainment,
Interview,
Literature,
Main News,
National,
Politics,
Sports,
Technology
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments