Entertainment
»
कस्तो होला शुभेच्छाको ‘मखमली’ ?
कस्तो होला शुभेच्छाको ‘मखमली’ ?
चलचित्र ‘मिस नेपाल’को प्रचारको समयमा माछाले बक्षस्थल छोपेर चर्चामा आएकी थिइन् शुभेच्छा थापा । पछि उनले यसलाई भूल भएको भन्दै माफी पनि मागिन् । उनै शुभेच्छा अब चलचित्र ‘मखमली’ बनाउन कस्सिएकी छिन् ।
आफू नजिकका निर्देशक राजु गिरीलाई लिएर उनले नारीको कथा बोकेको चलचित्र ‘मखमली’को छायांकन भोलीबाट सुरु गर्न लागेकी हुन् । आज काठमाण्डौको सिटीम्याक्स हलमा आयोजना गरिएको एक कार्यक्रममा चलचित्रको शुभसाइत गरिएको हो ।
फिल्ममा अर्जुन पोख्रेल र टिका भण्डारीको संगीत, मुकेश हुमागाँइको छायांकन, रोशन श्रेष्ठको एक्सन छ । चलचित्रको छायांकन काठमाण्डौ, भारत र जापानमा गर्ने निर्देशक गिरीले जानकारी दिएका छन् ।
चलचित्रमा अशोक फुयाँल, शुभेच्छा थापा, पबन बस्नेत, जीवन गिरी, उत्तम केसी, सीके सिंह, नवराज गिरीको साथमा बाल कलाकार जेनिशा रिजालको मुख्य भूमिका रहनेछ ।
Labels:
Entertainment
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments