गोर्खाली कपको दोस्रो दिन ३ खेल सम्पन्न
गोरखा ,१६ माघ । गोरखाको हरमटारी खेलमैदानमा सञ्चालित गोर्खाली कप फुटबल प्रतियोगिताको दोस्रो दिन शुक्रवार सम्पन्न ३ खेलमा क्रमश एकता युवा क्लब ,सनराइज युथ क्लब र बालुवा युथ क्लब विजयी भएको छ ।
हिमालयन चर्च युवा क्लब र एकता युवा क्लब बीच भएको प्रतियोगिताको पहिलो खेलमा ०–२ गोलले एकता युवा क्लब सतिपिपल , ताप्ले युथ क्लब र सनराइज युथ क्लब तीन किलो बीच भएको दोस्रो खेलमा १–४ गोलले सनराइज युथ क्लब तीन किलो विजयी भएको छ ।त्यस्तै बालुवा युथ क्लब र खालीबारी युथ क्लब ललितपुर बीच भएको तेस्रो खेलमा निर्धारित समयमा २/२ गोलको बराबरी भए पछि ट्राइब्रेकरमा ३–५ गोलले बालुवा युथ क्लब बालुवा बिजयी भएको हो ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments