टंकदेवी तुलसी प्रसाद पुरस्कारबाट पोखराका पत्रकार श्रेष्ठ सम्मानित
पोखरा ,१६ माघ । रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका पत्रकार दीपेन्द्र श्रेष्ठ टंकादेवी–तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार २०७१ वाट सम्मानित हुनुभएको छ ।श्रेष्ठले पत्रकारिताको माध्यमबाट समाजमा पु-याएको योगदानको कदर गर्दै उक्त पुरष्कारबाट सम्मान गरिएको हो ।
श्रेष्ठलाई शिक्षा विद् जोर्ज जोन, क्षेत्रीय प्रशासक दिनेकुमार थपलिया, पुरष्कारका संस्थापक सुर्वणप्रसाद कोइराला र मेची महाकाली मिडिया सोसाईटीका अध्यक्ष माधव संयुक्त रुपमा सम्मान गर्नुभयो। पोखराका सुर्वणप्रसाद कोइराला र उहाँका परिवारद्धारा माता टंकादेवी र पिता तुलसीप्रसादको स्मृतिमा स्थापित तथा मेचीमहा मिडिया सोसाईटी नेपालले संचाल्ऽन गरेको उक्त पुरष्कारको राशी नगद २० हजार १, दोसल्ला र सम्मानपत्र रहेको छ । झापामा जन्मिएर पोखरालाई कर्मथलो बनाउनु भएका श्रेष्ठ विगत १३ वर्षदेखि रेडियो अन्नपूर्णमा कार्यरत हुनुहुन्छ भन्ने यसअघि पनि श्रेष्ठलाई विभिन्न संघ संस्थाले सम्मान गरिसकेका छन् । यसअघि टंकादेवी–तुल्लसीप्रसाद स्मृति पत्रकारिता पुरष्कारबाट स्वर्गिय उमादेवी, रामकृष्ण ज्ञवाल्ऽी, रीता गुरुङ्ग, इश्वरी न्यौपाने र गणेश पाण्डे सम्मानित भइसक्नु भएको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments